शेयर बजारमा सामान्य सुधार
काठमाडौँ ।
धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ ।
होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ ।
सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।
यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...