शेयर बजारमा सामान्य सुधार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ विन्दुले बढेर २४४.०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता शेयर रु २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेको छ । वित्त क्षेत्र ०.९२ र उत्पादन समूह १९.६२ विन्दुले घटेको छ ।
यस्तै बैंकिङ २.३८, होटल १.३१, विकास बैंक ५.३, जलविद्युत् ६.८, निर्जीवन बीमा १२.४३, अन्य २.९६, लघुवित्त ६.७३ र जीवन बीमा ४.७४ विन्दुले बढेका छन् ।
स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५.७१, राधी विद्युत् कम्पनी ५.७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.९७, आँखु खोला जलविद्युत् कम्पनी ४.९४, चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै पूर्णिमा विकास बैंकका शेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३.८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २.९४, वेस्ट फाइनान्स कम्पनी २.९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












