सेञ्चुरी बैंकको नाफा ४१ प्रतिशतले बढ्यो
काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा सेञ्चुरी बैंकले आफ्नो नाफा ४१.३७ प्रतिशतले बढाएर ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ पु¥याएको छ । बैंकको वितरणयोग्य नाफा ४४ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा बढन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले साथ दिएका छन् ।
गत वर्ष यही अवधिमा उक्त बैंकको नाफा ३६ करोड ६५ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।गत आवको दोस्रो त्रैमासमा ८९ करोड ६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा १ अर्ब ३३ करोड ०३ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । खुद ब्याज आम्दानीमा ५०.३७ प्रतिशतले सुधार आएको छ ।
यस्तै बैंकको सञ्चालन मुनाफा पनि ४१.१५ प्रतिशतले बढेर ७४ करोड २ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा ५२ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको थियो ।
८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ रहेको छ ।
गत वर्षको तुलनामा बैंकको खराब कर्जा घटेर ०.८४ प्रतिशत रहेको छ । गत वर्ष ०.९९ प्रतिशत रहेको थियो ।
प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ३४ पैसा रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












