उद्यमीसँग तीनै तहका सरकारले हातेमालो गर्नुपर्छः अध्यक्ष ढकाल
लमजुङ। आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकारले उद्यमीसँग साझेदारले जस्तो हातेमालो गर्नुपर्ने बताएका छन् ।
छैंटौ लमजुङ महोत्सवको समापन कार्यक्रममा बोल्दै ढकाललले भने, ‘स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहको सरकारले उद्यमीसँग साझेदारले जस्तै गरी हातेमालो गर्ने हो भने तिव्र आर्थिक विकासका लागि धेरै समय लाग्दैन् ।’
मलेसियालाई आर्थिक विकासको चरममा पुग्न २०—२२ बर्ष पनि नलागेको उदाहरण दिँर्द ढकालले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग नेपालमा एक दिन समय विताएको स्मरण गरे ।
भेटमा महाथिरले लगानीलाई सँधै प्रोत्साहन गर्ने गरेको, लगानीकर्तालाई मनोवल र वातावरण दिएकोले आजको यो अवस्थामा पुगेको बताएको ढकालले सुनाए ।
महासंघका उपाध्यक्ष ढकालले तिव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्ने बताए। स्वे
अहिले पनि परियोजना निर्माण तयारीका लागि मात्रै वर्षौं समय लाग्ने गरेको उनले बताए। स्थानीय सरकारले स्थानीय विषयमा, प्रदेश सरकारले प्रदेशका चासोमा र केन्द्रिय सरकारले लगानीकर्ताका समस्यालाई तदारुक्ताका साथ समाधान गरिदिने हो परियोजना निर्माणको समय र लागत कम हुने उनले बताए। ुत्यो लागत र समयलाई सदुपयोग गरेर अर्को परियोजना बनाउन सकिन्छ, उनले भने। ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












