शेयर बजार: पाँच अङ्कले बढ्यो
काठमाडौं । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।
कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.२३ बिन्दुले घट्दा बैंकिङ ४.५९, होटल ४०.०९, विकास बैंक २२.५४, जलविद्युत् ४.६७, वित्त ५.०५, निर्जीवन बीमा २२.०८, अन्य २.३, लघुवित्त २.११ र जीवन बीमा ५.३७ बिन्दुले बढेको छ ।
स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८८, युनाइटेड फाइनान्स ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.३८, सिनर्जी पावर डेभलपमेन्ट ४.९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४.९० प्रतिशतले कमाएका छन् ।
यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.१२, नेपाल हाइड्रो डेभलपर्स ४.३७, एनआइबिएल समृद्धि फण्ड ४.३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ बिन्दुले कमाएका छन् ।
कारोवारका आधारमा आज नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर रु दुई करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रु एक करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












