थामियो शेयर बजार, नेप्से परिसूचक ०.९१ विन्दुले घट्यो
काठमाडौं । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो ।
कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ विन्दुले बढेको छ ।
यस्तै होटल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बीमा ५२.९३ विन्दुले घटेको छ ।
स्टकका अनुसार बैंक अफ काठमाडौँको रु दुई करोड १२ लाख ४३ हजार ५८० बराबरको कारोवार भयो । प्रभु बैंकको रु एक करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको रु एक करोड छ लाख चार हजार ५४१, नागरिक लगानी कोषको रु ९८ लाख एक हजार २८७, एनआइसी एशियाको रु ९७ लाख ६४ हजार ३६५ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
अरुण कावेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका शेयरधनीले २.९७ प्रतिशतले कमाए । स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












