थामियो शेयर बजार, नेप्से परिसूचक ०.९१ विन्दुले घट्यो
काठमाडौं । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो ।
कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ विन्दुले बढेको छ ।
यस्तै होटल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बीमा ५२.९३ विन्दुले घटेको छ ।
स्टकका अनुसार बैंक अफ काठमाडौँको रु दुई करोड १२ लाख ४३ हजार ५८० बराबरको कारोवार भयो । प्रभु बैंकको रु एक करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको रु एक करोड छ लाख चार हजार ५४१, नागरिक लगानी कोषको रु ९८ लाख एक हजार २८७, एनआइसी एशियाको रु ९७ लाख ६४ हजार ३६५ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
अरुण कावेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका शेयरधनीले २.९७ प्रतिशतले कमाए । स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











