शेयर बजारमा सुधारः ६अङ्कको वृद्धि
काठमाडौँ, १८ चैत (रासस) : आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै प्रभु बैंकको रु दुई करोड ११ लाख २० हजार ५७८, एनएमबी बैंकको रु एक करोड ६३ लाख ५९ हजार ४१०, नेपाल बैंक लिमिटेडको रु एक करोड ३१ लाख ७७ हजार ७५७, महालक्ष्मी विकास बैंकको रु एक करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको रु एक करोड १३ लाख ९६ हजार ९७६ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












