इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी
काठमाडौं । विद्युत् प्राधिकरणले निजी केबल तथा इन्टरनेटको तार काट्ने चेतावनी दिएपछि इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी व्यवसायीले दिएका छन् ।
इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वयन समितिले विद्युत् प्राधिकरणले भाडा बढाएको जनाउदै इन्टरनेट टिभी सेवा बन्द गर्ने बताएका हुन् ।
यो विषयलाई लिएर प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष दिनेश सुवेदीले प्राधिकरणले तोकेको रेटमा भाडा तिर्दा इन्टरनेट केबल टिभी महंगो हुने बताए । उनले वार्षिक ९० करोड कमाईम ७५ करोड यो व्यवस्थाले प्राधिकरणलाई तिनुपर्ने बताए ।
विद्युत् प्राधिकरणले इन्टरनेट र केबल सेवा प्रदायकलाई तार प्रयो गरे वापतको भाडा नदिएमा तार काट्ने चेतावनी दिएको छ । शुक्रबारदेखि तार काट्ने चेतावनी प्राधिकरणले दिएको थियो ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेपनि प्राधिकरणले वेवास्ता गरेको बताए । गतवर्षदेखि लगाइएको १३ प्रतिशत सर्भिस चार्जपनि हट्नुपर्ने माग समितिले गरेको छ ।
यस्तै राष्ट्रियसभाबाट पारित भएको र प्रतिनिधिसभामा रहेका विज्ञापन सम्बन्धि ऐनमा क्लिनफिड अनिवार्य गर्ने व्यवस्थाले नेपालीले विदेशी टेलिभिजन हेर्न नसक्ने र गैरकानूनी रुपमा भारतीय डिटिएच भित्रने बताए । सरकारले २०७३ सालदेखि नै क्लिनफिड लागु गर्न खोजेपनि व्यवहारिक रुपमा यो सम्भव नभएको समितिले जनाएको छ ।
क्लिनफिडको विषयमा व्यवसायीहरुले इन्डियन ब्रोडकास्टिङ फोरमसँग कुरा गरेपनि यो विषयमा सम्भव नभएको उत्तर आएको बताए ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












