सर्वोत्थान सहकारीले गर्यो नवैं साधारणसभा
काठमाडौं । सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले नवैं बार्षिक साधारणसभा गरेको छ ।
राजधानीमा शनिबार गरिएको साधारणसभाबाट अध्यक्ष मुकुन्द अधिकारीले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था आम्दानीतर्फ अघि बढेको जानकारी गराए ।
गत आर्थिक वर्षमा ४६ लाख ९६ हजार ६ सय ८४ रुपैयाँ आम्दानी गरेको संस्थाले आर्थिक वर्ष ०७५/०७६ मा आम्दानी बढेको छ । यस आर्थिक वर्षमा ६७ लाख ७७ हजार ८४ रुपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूल)का अध्यक्ष परितोष पौड्यालले संस्थालाई आवश्यक परेको खण्डमा पुँजी र प्रविधिको सहयोग गर्ने बताए ।
अध्यक्ष पौड्यालले संचालक समितिले क्षमता अभिवृद्धि, सूचांक मिलान, वचतको सुरक्षा र चार वर्शे रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
संस्थाले गीता श्रेष्ठ, महेश मगर, पिसा श्रेष्ठ, विद्या कार्की, स्नेहा रिमाल, रुपा सुनुवार, दिपेश अधिकारी,पुष्पनाथ ढकाल, सर्मिला तामाङ र शान्ता अधिकारीलाई सम्मान पनि गर्यो ।
कार्यक्रम संचालन संचालक समितीका सदस्य भुपाल उप्रेतीले गरे ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












