सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम प्रभावकारी बन्दै
काठमाडौं । पोखरा महानगरपालिकाले सञ्चालन गरेको सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विगतमा सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा सिक्टस ग्रिनिङलगायत प्रकोपका कारण एक दशकअघि नै सुन्तला खेती सखापै भए पनि यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने सुन्तला खेती गरिँदै आइएको छ । यहाँका सुन्तलामा असिनाका कारण क्षति पुगे पनि अन्य रोगजन्य प्रकोप भने खासै देखिएको छैन ।
सुन्तला भएका स्थानलाई लक्षित गरी पोखरा महानगरपालिकाले यहाँको वडा नं २१ र २२ मा विगत चार वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
कार्यक्रमसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका किसान पनि बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको उनले बताए । कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान प्राप्त गर्नका लागि किसानले मलखाद, बोडो पेस्ट, बोडो मिक्स्चर स्प्रे गरी छापो प्रयोग गर्नुपर्दछ ।
अघिल्लो वर्षसम्म उक्त प्रक्रिया पूरा गरेका किसानलाई प्रतिबोट रु एक सय उपलब्ध गराएको महानगरले यस वर्ष प्रतिबोट एक सय ५० उपलब्ध गराउने भएको छ । आवश्यक प्रक्रिया पूरा गर्नका लागि ३५ दिने समयावधिसहित माघ मसान्तसम्म समय दिएर सूचना निकालिएको जानकारी दिँदै कडरियाले प्राप्त निवेदनअनुसार आवश्यक मापदण्ड पूरा गरेका किसानलाई अनुगमनपश्चात् अनुदान सहयोग उपलब्ध गराइने जानकारी दिए ।
यस वर्ष लगभग २५ हजार बोटका लागि प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए । सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रमले उत्पादनमा पनि वृद्धि भएको किसान बताउँछन् । असिनाको प्रकोप व्यहोर्न नपर्ने हो भने यस क्षेत्रमा सुन्तलाबाट राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष किसानलाई लगभग रु २५ लाख प्रोत्साहन अनुदान उपलब्ध गराइएको प्रमुख कडरियाले जानकारी दिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











