बजेट निर्माण गर्दा जनसाङ्ख्यिक तथ्याङ्कलाई ख्याल गर्न सरोकारवालाहरूकाे आग्रह
जनकपुरधाम । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा जनसाङ्ख्यिक तथ्याङ्कले औँल्याएका समस्या, चुनौती र आवश्यकतालाई ख्याल गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
अपिल मिडिया प्रालि र द एशिया फाउण्डेसनले आज जनकपुरधाममा आयोजना गरेको ‘नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा सरोकारवालाहरू त्यस्तो आग्रह गरेका हुन् ।
मधेस प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखलाई लक्षित गरी आयोजित सो कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले शक्ति, पहुँच र पदमा भएका व्यक्तिले योजनालाई प्रभावित पार्ने परिपाटीलाई अन्त्य गर्न पनि तथ्याङ्कमा आधारित बजेट र नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले राज्यको ठूलो लगानीमा राष्ट्रिय जनगणना, अन्य आवधिक तथ्याङ्क सङ्कलन गर्दा देखिएका तथ्य, तथ्याङ्क र आवश्यकतालाई अनदेखा गरी आफ्नै क्षेत्रमा बढी बजेट लैजान अभ्यासले सन्तुलित विकासको सिद्धान्त नै प्रभावित भएको बताए ।
सामाजिक विविधता, जनताका आवश्यकता, स्रोतको उपलब्धतालाई ख्याल गरेर योजना बनाउन तथ्याङ्क निकै उपयोगी हुन्छ तर जनसाङ्ख्यिक तथ्याङ्क र आवश्यकता एकातिर र बजेट अर्कोतिर हुने अवस्था छ । प्रधानमन्त्री, मन्त्री, त्यसमा पनि अर्थमन्त्री र प्रभाव पार्नसक्ने व्यक्तिको क्षेत्रमा बढी बजेट जानु त्यसका उदाहरण हुन्स भामुख मण्डलले भने। उनले तथ्य, आवश्यकता र प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्नुपर्ने धारणा राख्य । त्यसका लागि पदमा भएका व्यक्तिहरूलाई सचेत गराउन सत्तापक्ष, प्रतिपक्षको मानसिकताभन्दा माथि उठेर खबरदारी गर्न पनि जरुरी रहेको उनको भनाइ रहेको छ ।
जनसङ्ख्या र तथ्याङ्कलाई आधार मानेर योजना तथा बजेट विनियोजन हुने परिपाटी भएको भए वर्षौदेखि उपेक्षित मधेसलगायतका क्षेत्र प्राथमिकतामा पर्ने थिए भन्दै सभामुख मण्डलले सो परिपाटीको विकास नहुँदा सङ्घीय व्यवस्थामाथि नै प्रश्न उठिरहेको धारणा राख्य । त्यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनसङ्ख्यासम्बन्धी तथ्याङ्कको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय जनगणनाले औँल्याएका समस्या, चुनौती र आवश्यकतालाई आधार मानेर जानसकेमा पनि धेरै समस्या समाधान हुने धारणा राख्य ।
उनले विकासका लागि तथ्याङ्क भन्ने मान्यतालाई विश्वव्यापीरूपमा अङ्गिकार गरी विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन गर्ने अभ्यास सुरू भइसकेको भन्दै नेपाल पनि त्यो बाटोमा अगाडि बढ्न जरुरी रहेको धारणा राख्य । मधेसकै कुरा गर्दा लैङ्गिक अनुपात, साक्षरतादर, स्वास्थ्य, शिक्षा र मानव विकासका अन्य सूचकाङ्कहरू नकारात्मक छन् । त्यसलाई सम्बोधन गर्न सोहीअनुसारको नीति तथा कार्यक्रम, बजेट र योजनाको आवश्यकता छ । त्यसर्थ यस विषयमा प्रदेशसभा र यहाँको सरकारले विशेष निगरानी गर्नु उपयुक्त हुन्छ उनले भने ।
केन्द्रीय तथ्याङ्क विभागका पूर्वमहानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको संविधानले कम्तीमा चारवटा क्षेत्रमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगलाई अनिवार्य गरेको उल्लेख गरिएको भन्दै त्यसमा सचेत रहन नीति निर्माताहरूलाई आग्रह गरे । निर्वाचन क्षेत्र निर्धारण, निर्वाचनमा विभिन्न समुदायको समानुपातिक प्रतिनिधित्व, अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार कार्यान्वयन, महिला, दलित समुदायको विशेष अधिकारको व्यवस्था गर्न संविधानले नै जनसङ्ख्यालाई आधार मान्ने व्यवस्था गरिएकाले त्यसमा समेत रहन उनको आग्रह रहेको थियो ।
केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहहरूमा स्रोत बाँडफाँट गर्न जनसङ्ख्या तथ्याङ्कको आवश्यक हुन्छ । त्यस्तै बालबालिका, वृद्धवृद्धा, अल्पसङ्ख्यक, न्यूनआय भएका परिवारको पहिचान तथा समावेशी विकास नीति कार्यान्वयन गर्न पनि जनसङ्ख्या तथ्याङ्कलाई केन्द्रभागमा राख्न जरुरी छ श्रेष्ठले भने ।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चोधरीले तथ्याङ्कको प्रयोगविना समस्याको समाधान गर्न नसकिने र सन्तुलित विकास प्रक्रिया नै अवरुद्ध हुने भन्दै आफूहरूले यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराइरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनमा आएपछि निर्माण गरिएको प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको अन्तिम वर्षमा रहेको भन्दै अर्को योजना बनाउँदा अझै वस्तुनिष्ठ बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रममा अपिल मिडियाका अध्यक्ष चेतन अधिकारी, द एशिया फाउन्डेसनका डेपुटी निर्देशक प्रनय नापित, मधेस प्रदेशसभा सदस्यहरू राम अशिष यादव, जिवछी यादव, रानी शर्मा तिवारीलगायतले आफ्नो धारणा राख्यका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












