३४ किलो सुन काण्डमा भन्सारका दुई अधिकृत घरबाटै पक्राउ

काठमाडौं २८ पुस, । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ले अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ परेको प्रहरीले जनाएको छ ।
दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो । सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
‘यादव र ढकालको सुन तस्करसँग मिलेमतो देखिन्छ । उनीहरु दुवै भन्सारका अधिकृतहरु हुन् । थप अनुसन्धान गर्दैछौं,’ सीआईबी स्रोतले भन्यो ।
यसअघि भन्सार बिभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।
सुन तस्करीको अनुसन्धानमा खटिएको एसपी मिरा चौधरी सहितको टोली एक सातादेखि निजी सम्पर्क नम्बर समेत बन्द गरेर सुन तस्करमा संलग्नहरुको खोजीमा सक्रिय भैरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












