पाटन नपाको बजेट रु १२ करोड ६७ लाख
बैतडी, २९ पुस । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै नगरपरिषद् सम्पन्न भएको हो । परिषद्ले चालुतर्फ, पुँजीगततर्फ, सामाजिक सुरक्षातर्फ, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले चालु आवकोे संशोधित बजेट र आगामी आवकोे बजेट प्रस्तुत गर्नुभएको हो ।
देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर पाटन भएकाले पनि नगरपरिषद्ले नमुना सहरलाई दृष्टिगत गर्दै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको कार्यकारी अधिकृत ओडले बताउनुभयो ।
नगरपालिकाले नगरपरिषद्बाट विभिन्न पाँचओटा कार्यविधि र नगर यातायात गुरुयोजना–२०७३ समेत पारित गरेको छ । पारित भएका कार्यविधि र नगर यातायात गुरुयोजनाले नगरपालिकालई व्यवस्थित गर्ने विश्वास लिइएको छ ।
पाटन नगरपालिकाको तेस्रो नगरपरिषद्ले ३१ ओटा विभिन्न नीतिलाई अङ्गिकार गर्ने भएको छ । नगरपालिकालाई ५ वर्षभित्र सडक सञ्जालमा जोड्नेदेखि लिएर शून्यफोहर नगरपालिका बनाउने सम्मका नीति अख्तियार गरिएको छ ।
यस्तै, नगरपालिकामा सञ्चालन हुने हरेक योजनालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि पनि नीतिमै उल्लेख गरिएको छ । कार्यकारी अधिकृत ओडको अध्यक्षतामा सम्पन्न भएको तेस्रो नगरपरिषद्मा बैतडी क्षेत्र नं १ का पूर्वसभासद् नरेन्द्र कुँवर प्रमुुख अतिथि रहनुभएको थियो ।
परिषद्मा प्रजिअ किशोरकुमार चौधरी विशिष्ट अतिथि रहनुभएको थियो भने विभिन्न राजनीतिक दलका पदाधिकारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत नगरवासीको सहभागिता रहेको थियो । परिषदमा सहभागीले नगरपालिकाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएका छन् । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












