पाटन नपाको बजेट रु १२ करोड ६७ लाख
बैतडी, २९ पुस । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै नगरपरिषद् सम्पन्न भएको हो । परिषद्ले चालुतर्फ, पुँजीगततर्फ, सामाजिक सुरक्षातर्फ, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले चालु आवकोे संशोधित बजेट र आगामी आवकोे बजेट प्रस्तुत गर्नुभएको हो ।
देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर पाटन भएकाले पनि नगरपरिषद्ले नमुना सहरलाई दृष्टिगत गर्दै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको कार्यकारी अधिकृत ओडले बताउनुभयो ।
नगरपालिकाले नगरपरिषद्बाट विभिन्न पाँचओटा कार्यविधि र नगर यातायात गुरुयोजना–२०७३ समेत पारित गरेको छ । पारित भएका कार्यविधि र नगर यातायात गुरुयोजनाले नगरपालिकालई व्यवस्थित गर्ने विश्वास लिइएको छ ।
पाटन नगरपालिकाको तेस्रो नगरपरिषद्ले ३१ ओटा विभिन्न नीतिलाई अङ्गिकार गर्ने भएको छ । नगरपालिकालाई ५ वर्षभित्र सडक सञ्जालमा जोड्नेदेखि लिएर शून्यफोहर नगरपालिका बनाउने सम्मका नीति अख्तियार गरिएको छ ।
यस्तै, नगरपालिकामा सञ्चालन हुने हरेक योजनालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि पनि नीतिमै उल्लेख गरिएको छ । कार्यकारी अधिकृत ओडको अध्यक्षतामा सम्पन्न भएको तेस्रो नगरपरिषद्मा बैतडी क्षेत्र नं १ का पूर्वसभासद् नरेन्द्र कुँवर प्रमुुख अतिथि रहनुभएको थियो ।
परिषद्मा प्रजिअ किशोरकुमार चौधरी विशिष्ट अतिथि रहनुभएको थियो भने विभिन्न राजनीतिक दलका पदाधिकारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत नगरवासीको सहभागिता रहेको थियो । परिषदमा सहभागीले नगरपालिकाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












