कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताउनुभएको छ ।
नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट होइन, तत्काल परिणाम देखिने काम होस् भन्ने आफूले चाहेको बताउँदै “पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वय गर्न सरकार गम्भीर छ भन्नुभयो ।”
नाकाबन्दी भूकम्पजस्ता अनेकौ समस्या झेलेर पनि देश र जनताका लागि पोल्ट्री व्यवसायका तर्फबाट भएको योगदानको प्रशंसा गर्दै उहाँले भन्नुभयो– “आत्मनिर्भर बन्नका लागि यो व्यवसायले गरेको प्रयासलाई अरु क्षेत्रले अनुसरण गर्नुपर्छ ।”
पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव श्यामप्रसाद पौडेलले व्यावसायिक रुपमा अघि बढन सकेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदाहरण पोल्ट्री व्यवसायले प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दीनेश श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका कृष्ण अधिकारी र नेपाल चेम्वर्स अफ कमर्शका उपाध्यक्ष ज्ञानरत्न तुलाधरले ‘भान्साको फ्याँकिएको खाना खुवाउने उद्देश्यबाट सुरु भएको कुखुरापालन व्यवसायले राज्यलाई आत्मनिर्भर तुल्याएर ठूलो गुन लगाएको छ भन्नुभयो ।’
नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताउनुभयो ।
रोगको पहिचान र निधान मुख्य चुनौतीको रुपमा रहेको पोल्ट्री व्यवसायीले दानाको रुपमा मकै, भटमास र पीना मात्रै पनि विदेशबाट वार्षिक रु १५ अर्बको आयात गर्नुपरेको सो अवसरमा जानकारी गराइयो ।
उत्पादनको क्षेत्रमा नेपालमा पोल्ट्री एक मात्र प्रतिस्पर्धी व्यवसायको रुपमा विकास हँुदै आत्मनिर्भर बन्न पुगेको हो । २०५६ सालबाट व्यवसायीले आधुनिक ढङ्गबाट यो व्यवसायलाई अघि बढाएकोमा हाल पोल्ट्री व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ३ं५ प्रतिशत योगदान दिँदै आएको छ ।
भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।
पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।
मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ । किसानले कुखुराको मासु प्रतिकिलो रु १८० को दरले बिक्री गर्र्दै आएका छन् भने उपभोक्ता मूल्य रु २५० रहेको छ ।
मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ । चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको बताइएको छ ।
किसानले प्रतिअन्डा १२ रुपैयाँमा बेच्ने गरेका छन् भने उपभोक्ताले अहिले एउटा अन्डाको मूल्य रु १५ तिर्नुपरेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












