कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताउनुभएको छ ।
नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट होइन, तत्काल परिणाम देखिने काम होस् भन्ने आफूले चाहेको बताउँदै “पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वय गर्न सरकार गम्भीर छ भन्नुभयो ।”
नाकाबन्दी भूकम्पजस्ता अनेकौ समस्या झेलेर पनि देश र जनताका लागि पोल्ट्री व्यवसायका तर्फबाट भएको योगदानको प्रशंसा गर्दै उहाँले भन्नुभयो– “आत्मनिर्भर बन्नका लागि यो व्यवसायले गरेको प्रयासलाई अरु क्षेत्रले अनुसरण गर्नुपर्छ ।”
पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव श्यामप्रसाद पौडेलले व्यावसायिक रुपमा अघि बढन सकेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदाहरण पोल्ट्री व्यवसायले प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दीनेश श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका कृष्ण अधिकारी र नेपाल चेम्वर्स अफ कमर्शका उपाध्यक्ष ज्ञानरत्न तुलाधरले ‘भान्साको फ्याँकिएको खाना खुवाउने उद्देश्यबाट सुरु भएको कुखुरापालन व्यवसायले राज्यलाई आत्मनिर्भर तुल्याएर ठूलो गुन लगाएको छ भन्नुभयो ।’
नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताउनुभयो ।
रोगको पहिचान र निधान मुख्य चुनौतीको रुपमा रहेको पोल्ट्री व्यवसायीले दानाको रुपमा मकै, भटमास र पीना मात्रै पनि विदेशबाट वार्षिक रु १५ अर्बको आयात गर्नुपरेको सो अवसरमा जानकारी गराइयो ।
उत्पादनको क्षेत्रमा नेपालमा पोल्ट्री एक मात्र प्रतिस्पर्धी व्यवसायको रुपमा विकास हँुदै आत्मनिर्भर बन्न पुगेको हो । २०५६ सालबाट व्यवसायीले आधुनिक ढङ्गबाट यो व्यवसायलाई अघि बढाएकोमा हाल पोल्ट्री व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ३ं५ प्रतिशत योगदान दिँदै आएको छ ।
भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।
पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।
मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ । किसानले कुखुराको मासु प्रतिकिलो रु १८० को दरले बिक्री गर्र्दै आएका छन् भने उपभोक्ता मूल्य रु २५० रहेको छ ।
मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ । चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको बताइएको छ ।
किसानले प्रतिअन्डा १२ रुपैयाँमा बेच्ने गरेका छन् भने उपभोक्ताले अहिले एउटा अन्डाको मूल्य रु १५ तिर्नुपरेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












