ताजा समाचार

५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै प्रभु ईन्स्योरेन्स धितोपत्र बोर्डको शरणमा

काठमाडौं, ४ माघ । प्रभु इन्स्योरेन्स (PRIN)  ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २१ औ साधारणसभाबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । जसअनुसार कम्पनीले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको बोनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुगेको छ । हकप्रद निष्काशन गर्दा कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैंया पुग्नेछ ।

केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org