ताजा समाचार

सडक नाटक मार्फत् भूकम्पीय सुरक्ष सम्बन्धी जनचेतना गराउँदै मारुती सिमेन्ट

काठमाडौं । नेपालको नम्बर १ ओ.पी.सी. सिमेन्ट मारुती सिमेन्टले १९औं भूकम्प सुरक्षा दिवस २०७३ को अवसर पारेर देशका विभिन्न स्थानहरुमा “भूकम्पिय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने मूल नाराका साथ जनचेतना मुलक सडक नाटक कार्यक्रम गरिरहेको छ । 

उल्लेख्य मात्रामा जन सहभागिता रहेको उक्त कार्यक्रमहरुमा भूकम्प के हो ? भूकम्प आइरहेको बेला के गर्न हुने – के गर्न नहुने ? भूकम्प प्रतिरोधी घर भनेको के हो ? यस्तो घर संरचना बनाउन के कस्तो विधि अपनाउनु पर्छ ? नक्सा पास गराउनु पर्ने या नपर्ने ? इन्जिनियर प्रयोग गर्नु पर्ने या नपर्ने ? र सबैभन्दा महत्वपूर्ण कुरा – गुणस्तरीय निर्माण सामग्रीको छनौट तथा प्रयोगमा के के कुरामा ध्यान दिने भन्ने बिषयमा आम जनसमुदायमा नाटक मार्फत् चेतना अभिवृद्धि गराउने हेतु उक्त कार्यक्रम सुरु गरिएको कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलार्इ अझ रमाइलो र प्रभावकारी बनाउन नाटकका दर्शकलाई नाटकबाटै प्रश्न सोधी सही उत्तर दिने सहभागीलाइ आकर्षक टिसर्ट र क्याप उपहार स्वरूप प्रदान गरिएको थियो । एक हप्तासम्म चल्ने उक्त कार्यक्रम काठमाडौँको रत्नपार्क, कोटेश्वोर, साँखु हुँदै धादिङ्को गजुरी, मुग्लिन, नारायनघाट,आबुँखैरेनी र पोखरामा समेत हुनेछ ।

सिरहाजिल्लाकोको चन्द्रउदयपुरमा अवस्थितयो उद्योगले मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) कोे उत्पादन गरि बिक्रि वितरण गर्दै ठूला ठूलाआयेजनाहरु,हाइड्रो पावर,पुल, बाँध तथा हाउजीङ्ग कम्पनीदेखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको यो सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त तथा आई.एस.ओ. ९००१ र१४००१ प्रमाणीतहो । मारुतीले उदयपुर पहाडी रेन्जको आफ्नै चुनढुँगा खानीबाट निकालिएको उच्च गुणस्तरिय किलिङ्करबाट अन्तर्राष्ट्रीय स्तरको अत्याधुनीक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्ट द्वारा सर्बोत्कृष्ठ र गुणस्तरीयउत्पादन मारुती सिमेन्टसरकारले तोकेको निश्चित मापदण्डअनुरुप आधुनिक प्रयोगशालामा विभिन्न परीक्षण पश्चात वजारमा उपलब्धछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org