भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
काठमाडौँ, माघ ६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गोरखाका भूकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् । पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी आवास निर्माण सुरु गरेका ४१ भूकम्पपीडितले बुधबार सेभ द चिल्ड्रेनको सहयोगमा दोेस्रो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो । बिहीबार थप ३० परिवारलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ । त्यस्तै सिन्धुलीबाट ७३ र मकवानपुरबाट दुई सय पीडितले पहिलो किस्ताको रकमबाट घरको आधार तयार गरिसकेको सिफारिस आएकाले छिट्टै दोस्रो किस्ताको रकम वितरण गरिने पनि प्राधिकरणले बताएको छ । यसैबीच भक्तपुर जिल्लाका नौ हजार लाभग्राहीको खातामा पनि पहिलो किस्ताको रकम बिहीबार जम्मा हुने उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा हालसम्म पहिलो किस्ताको रकम वितरण हुन सकेको थिएन । प्राधिकरणको तथ्याङ्क अनुसार भक्तपुरमा रकम भुक्तानीका लागि सिफारिस भएका १८ हजार ९८४ लाभग्राही छन्
आवास निर्माणका लागि आवश्यक दक्ष डकर्मी उपलब्ध गराउन प्राधिकरणले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत माघ २५ गतेदेखि धादिङ, नुवाकोट र गोरखा जिल्लामा सातदिने कालिगढ तालिम सञ्चालनको तयारी गरेको छ ।
त्यस्तै माघ १८ गतेभित्रै हेल्भेटासको सौजन्यमा रसुवा, ओखलढुङ्गा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्लामा गरी छ हजार पाँच सय डकर्मी र एक हजार सिकर्मीको तालिम सुरु गरेर निजी आवास निर्माणमा सहयोग पु¥याउने डा. भुसालले जानकारी दिनुभयो ।
अबको दुई महिनाभित्र नै पहिलो किस्ता रकम बुझेका मध्ये करिब ३० प्रतिशतले दोस्रो किस्ताको रकम माग गर्ने अनुमान रहेको भन्दै प्राधिकरणले करिब २८ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको प्राधिकरणले बताएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












