भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
काठमाडौँ, माघ ६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गोरखाका भूकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् । पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी आवास निर्माण सुरु गरेका ४१ भूकम्पपीडितले बुधबार सेभ द चिल्ड्रेनको सहयोगमा दोेस्रो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो । बिहीबार थप ३० परिवारलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ । त्यस्तै सिन्धुलीबाट ७३ र मकवानपुरबाट दुई सय पीडितले पहिलो किस्ताको रकमबाट घरको आधार तयार गरिसकेको सिफारिस आएकाले छिट्टै दोस्रो किस्ताको रकम वितरण गरिने पनि प्राधिकरणले बताएको छ । यसैबीच भक्तपुर जिल्लाका नौ हजार लाभग्राहीको खातामा पनि पहिलो किस्ताको रकम बिहीबार जम्मा हुने उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा हालसम्म पहिलो किस्ताको रकम वितरण हुन सकेको थिएन । प्राधिकरणको तथ्याङ्क अनुसार भक्तपुरमा रकम भुक्तानीका लागि सिफारिस भएका १८ हजार ९८४ लाभग्राही छन्
आवास निर्माणका लागि आवश्यक दक्ष डकर्मी उपलब्ध गराउन प्राधिकरणले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत माघ २५ गतेदेखि धादिङ, नुवाकोट र गोरखा जिल्लामा सातदिने कालिगढ तालिम सञ्चालनको तयारी गरेको छ ।
त्यस्तै माघ १८ गतेभित्रै हेल्भेटासको सौजन्यमा रसुवा, ओखलढुङ्गा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्लामा गरी छ हजार पाँच सय डकर्मी र एक हजार सिकर्मीको तालिम सुरु गरेर निजी आवास निर्माणमा सहयोग पु¥याउने डा. भुसालले जानकारी दिनुभयो ।
अबको दुई महिनाभित्र नै पहिलो किस्ता रकम बुझेका मध्ये करिब ३० प्रतिशतले दोस्रो किस्ताको रकम माग गर्ने अनुमान रहेको भन्दै प्राधिकरणले करिब २८ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको प्राधिकरणले बताएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












