अर्थमन्त्री महराले चार आरोपको यसरी गरे खण्डन
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफूमाथि लागेको चार आरोपमा प्रष्टिकरण दिँदै बचाउको प्रयास गरेका छन्। अर्थमन्त्रालयमा बुधवार भएको पत्रकार सम्मेलनमा कर फर्छयौंट आयोग, एनसेलमा कर छली प्रकरण, मलेसिया भ्रमण र सुनकाण्डका सम्वन्धमा भूरा माछाका बारेमा गरिएको टिप्पणी बारेमा प्रष्टिकरण दिएर आफ्नो बचाउ गरेका हुन्।
अर्थमन्त्रालयले ‘समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना’ सार्वजनिक गर्ने कार्यक्रम भनेर बोलाएको कार्यक्रममा उनले एकाएक संचारमाध्यममा आएको समाचार भन्दै प्रष्टिकरण दिन थालेका थिए। महरा उपप्रधान तथा अर्थमन्त्री भएको दुर्इ महिनाभित्रै तयार पारेको प्रतिवेदन बुधबार पाँच महिनापछि सार्वजनिक गरिने कार्यक्रममा उनले आफुमाथि लागेको आरोपको एक/ एक खण्डन गरे।
‘पत्रकार साथीहरुलार्इ चिट देखाउँछु प्रधानमन्त्रीको सल्लाहकार दातो छिरिङ नेपाल आउनुभएको थियो। उहाँले पेमान्डो भन्ने सल्लाहाकार संस्था खोल्नुभएको रहेछ। त्यही संस्थाको ट्रान्सफरमेशन प्रोग्राममा धेरै आग्रह गरेपछि म त्यहाँ गएको हो’, अर्थमन्त्री महराले भने,’मलेसिया गएको पहिलो दिन मैले विहान ८ बजेदेखि एक बजेसम्म उहाँको ल्याब र चारवटा विषयको प्रिजेन्टेशनमा सहभागी भएको हो।
‘उनले दिउँसो मेट्रो रेलको उद्घाटनमा मलेसियाका प्रधानमन्त्री र अर्थमन्त्रीसँग संयोगवश भेट भएको बताउँदै मलेसियाको भ्रमणलार्इ रहस्यमय भन्नु निराधार भएको दाबी गरे। अर्थमन्त्री महराले विमानस्थलमा सुन तस्करीपछि अर्थमन्त्रालय अन्तर्गको भन्सार विभागलार्इ विभिन्न आक्षेप लगाउने काम भएपछि कर्मचारीको बचाउमा गरेको टिप्पणीलार्इ अनावश्यक रुपमा राजनीतिक पूर्वाग्रह दिइएको आरोप लगाए।
उनले कर फर्छयौंट आयोग नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक पत्र आएपछि छलफल मात्रै गरेको बताए।’महासंघका अध्यक्षसहित २० जना व्यवसायी आएपछि मैले दुबै जना सचिवसँग छलफल गरेको हुँ’, उनले भने,’उहाँहरुले अघि बढ्न सक्ने अवस्था छैन भन्नुभयो।निजीस्तरको सबैभन्दा ठूलो संस्थाले भनेको कुरा सुन्ने वा चुप लागेर बस्ने भन्ने निर्णय बाँकी छ।तत्काल गर्नुपर्छ भन्ने पनि छैन।’
अर्थमन्त्री महराले एनसेलको करका विषयमा समेत आफुलार्इ मुछिएको बताउँदै एनसेलसँगको करमा एक पैसा पनि छुट नदिने स्पष्ट पारे।’एनसेलसँग एक पैसा पनि कर लिन छाडिन्न। हामीले छोड्दैनौ’,उनले भने, ‘कर क्रेता वा बिक्रेतालार्इ कति लाग्ने भन्ने मात्रै हो।यो सबै अधिकार कर अधिकृतलार्इ छ।कर अधिकृतले छिटो निर्णय गर्ने भन्ने मात्रै हो तर कर तिराइ छाड्ने हो छोड्ने कुरा छैन।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












