अर्थमन्त्री महराले चार आरोपको यसरी गरे खण्डन
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफूमाथि लागेको चार आरोपमा प्रष्टिकरण दिँदै बचाउको प्रयास गरेका छन्। अर्थमन्त्रालयमा बुधवार भएको पत्रकार सम्मेलनमा कर फर्छयौंट आयोग, एनसेलमा कर छली प्रकरण, मलेसिया भ्रमण र सुनकाण्डका सम्वन्धमा भूरा माछाका बारेमा गरिएको टिप्पणी बारेमा प्रष्टिकरण दिएर आफ्नो बचाउ गरेका हुन्।
अर्थमन्त्रालयले ‘समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना’ सार्वजनिक गर्ने कार्यक्रम भनेर बोलाएको कार्यक्रममा उनले एकाएक संचारमाध्यममा आएको समाचार भन्दै प्रष्टिकरण दिन थालेका थिए। महरा उपप्रधान तथा अर्थमन्त्री भएको दुर्इ महिनाभित्रै तयार पारेको प्रतिवेदन बुधबार पाँच महिनापछि सार्वजनिक गरिने कार्यक्रममा उनले आफुमाथि लागेको आरोपको एक/ एक खण्डन गरे।
‘पत्रकार साथीहरुलार्इ चिट देखाउँछु प्रधानमन्त्रीको सल्लाहकार दातो छिरिङ नेपाल आउनुभएको थियो। उहाँले पेमान्डो भन्ने सल्लाहाकार संस्था खोल्नुभएको रहेछ। त्यही संस्थाको ट्रान्सफरमेशन प्रोग्राममा धेरै आग्रह गरेपछि म त्यहाँ गएको हो’, अर्थमन्त्री महराले भने,’मलेसिया गएको पहिलो दिन मैले विहान ८ बजेदेखि एक बजेसम्म उहाँको ल्याब र चारवटा विषयको प्रिजेन्टेशनमा सहभागी भएको हो।
‘उनले दिउँसो मेट्रो रेलको उद्घाटनमा मलेसियाका प्रधानमन्त्री र अर्थमन्त्रीसँग संयोगवश भेट भएको बताउँदै मलेसियाको भ्रमणलार्इ रहस्यमय भन्नु निराधार भएको दाबी गरे। अर्थमन्त्री महराले विमानस्थलमा सुन तस्करीपछि अर्थमन्त्रालय अन्तर्गको भन्सार विभागलार्इ विभिन्न आक्षेप लगाउने काम भएपछि कर्मचारीको बचाउमा गरेको टिप्पणीलार्इ अनावश्यक रुपमा राजनीतिक पूर्वाग्रह दिइएको आरोप लगाए।
उनले कर फर्छयौंट आयोग नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक पत्र आएपछि छलफल मात्रै गरेको बताए।’महासंघका अध्यक्षसहित २० जना व्यवसायी आएपछि मैले दुबै जना सचिवसँग छलफल गरेको हुँ’, उनले भने,’उहाँहरुले अघि बढ्न सक्ने अवस्था छैन भन्नुभयो।निजीस्तरको सबैभन्दा ठूलो संस्थाले भनेको कुरा सुन्ने वा चुप लागेर बस्ने भन्ने निर्णय बाँकी छ।तत्काल गर्नुपर्छ भन्ने पनि छैन।’
अर्थमन्त्री महराले एनसेलको करका विषयमा समेत आफुलार्इ मुछिएको बताउँदै एनसेलसँगको करमा एक पैसा पनि छुट नदिने स्पष्ट पारे।’एनसेलसँग एक पैसा पनि कर लिन छाडिन्न। हामीले छोड्दैनौ’,उनले भने, ‘कर क्रेता वा बिक्रेतालार्इ कति लाग्ने भन्ने मात्रै हो।यो सबै अधिकार कर अधिकृतलार्इ छ।कर अधिकृतले छिटो निर्णय गर्ने भन्ने मात्रै हो तर कर तिराइ छाड्ने हो छोड्ने कुरा छैन।’
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












