जलविद्युत अायाेजना निर्माणले गति लियाे, म्याग्दीमा एकैसाथ दर्जन परियाेजना सुरू
![]()
बाबियाचौर (म्याग्दी) ६ माघ । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो ।उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सवस्टेसनको अभावमा अनुमति लिएर बसेका दर्जनाैं आयोजनाको काम अघि बढेको छ । म्याग्दीको नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको छ ।
यस्तै बेगमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, पिप्लेमा ४० मेगावाटको राहुघाट, नारच्याङमै ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् । मुस्ताङको टुकुचेमा १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
नौ वर्षअघि रोवष्ट इनर्जी प्रालिले निर्माण प्रक्रिया थालेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु गरेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए। “वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत काम पूरा गरे पनि सवस्टेसन र प्रसारण लाइन कुरेर बसेका थियौँ”, शर्माले भने – “जति छिटो पूर्वाधार बन्छ, त्यति गतिमा आयोजनाको काम अघि बढाउँछौँ ।”
नारच्याङमै निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाले पनि आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सुरुङ, बाँध र विद्युत्गृह बनाउने काम तीव्र रुपमा अघि बढाएको जनाएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बहुप्रतिक्षित सवस्टेसन र प्रसारण लाइनको काम सुरु भएसँगै कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् आयोजना बनाउन लगानीकर्ता सक्रिय बनेका बताए ।
“जेनेरेसन लाइसेन्स लिई पिपिए गरेर बसेका आयोजना अघि बढाउन राम्रो वातावरण बनेको छ” केन्द्रीय सदस्य श्रेष्ठले भने “म्याग्दी मात्र नभएर समग्र धौलागिरि क्षेत्रमा जलविद्युत् विकासको सम्भावना बढेको छ ।”
विसं २०७५ को साउनमा सम्पन्न गर्ने लक्ष्यसहित दाना र कुश्मामा सवस्टेसनका साथै प्रसारण लाइनको काम गर्न दुई अर्ब ९० करोड रूपैँयामा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी टाटा प्रोजेक्ट चिन्ट इलेक्ट्रिकले कार्यक्षेत्रमा परिचालित भएर कामलाई तीव्रता दिएको छ ।
ठेकेदारले सवस्टेसन निर्माण हुने ठाउँको जग्गा सम्माउने र घेराउ गर्ने काम सकेर पूर्वाधार निर्माण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार ट्रान्समिसन लाइनको नक्साङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ । “निर्धारित समयभित्रै आयोजना सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ”, प्रमुख घोषले भने – “स्थानीयस्तरबाट सहयोग, विपद्लगायतका समस्या नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन्छ ।”
सवस्टेसन बनाउन दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । पर्वतको खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सवस्टेसन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । खुर्कोटमा जग्गा अधिग्रहण प्रक्रियामा मुआब्जामा सहमति नजुट्दा आयोजनाको काम करिब डेढ वर्षपछि धकेलिएको हो ।
दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले जानकारी दिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












