भन्सार सुधार्न अर्थमन्त्री महराको निर्देशन
काठमाडौं, ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने, ‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि ब+सेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।’ अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भने– ‘एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।’
वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएका उनका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।
आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले विशेष निर्देशन दिएका हुन् ।
विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिन योजना बनाइरहेको बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












