पूर्वाञ्चल स्तरिय प्रथम बाल महोत्सव आयोजना हुने
६ माघ । जिल्लाको लखनपुर गाविसमा प्रथम बाल महोत्सव (२०७३) आयोजना हुने भएको छ। उज्यालो बाल क्लब र लखनपुरका २४ वटा बाल क्लवको सक्रिय सहभागितामा यहि माघ २५, २६ र २७ गते लखनपुर-१ स्थित आदिवासी रंगशालामा पूर्वाञ्चल स्तरिय बाल महोत्सव आयोजना हुने लागेको हो ।
महोत्सवको गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष सन्तोष अधिकारीले यो महोत्सवले बालबालिकाको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रलाई नै नेपालमा बालबालिकको लागि एक नमुना क्षेत्रका रुपमा चिनाउन मद्दत पुग्ने बताउनुभयो।
लखनपुर गाविसका सचिव राजकुमार शाक्य तथा जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि स्रोत व्यक्ती गणेश पौडेलले शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरुमा आफ्नो सदा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारी दिपेन्द्र दाहाल, प्याब्सन, एनप्याब्सन, हिसानका पदाधिकारी लगायतको उपस्थिती थियो।
लखनपुर बाल सञ्जालका अध्यक्ष यतिश ओझाले महोत्सव चर्चा भएजत्तिकै सफल बनाउन सबैले मिहिनेत गर्नुपर्ने र सबैको साथ सल्लाह र सहयोगमा यो कार्यक्रमलाई राष्ट्रिय स्तरको बनाउन समेत सम्भव रहेकोबताउनुभयो।
महोत्सव बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। नेपाल भरिकै अवलोकनकर्ता आउने भएपनि विशेषगरी झापा, मोरङ, सुनसरी, इलाम र धनकुटाका प्रायः सबै बालबालिका, शिक्षक, अभिभावक, उच्च मावी तथा कलेजका विद्यार्थी लगायत अन्य सरोकारवालाको उपस्थिति रहने आयोजकले जनाएको छ। लगभग १ लाख ५० हजारले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। अनुमानित लागत खर्च १५ लाख बताइएको यस महोत्सवको आर्थिक व्यवस्थापनका लागि भने स्थनिय तथा सरकारी स्तरबाट सहयोग आउने क्रम जारी छ।
यस महोत्सवका संयोजन सहयोगीमा संयुक्त रुपमा दमक नगरपालिका र लखनपुर गाविस रहेका छन् । समाज कल्याण परिषद्, काठमाडौं र केन्द्रिय बाल कल्याण समिती, ललितपुर मुख्य प्रवर्द्धक रहेका छन् भने जिल्ला शिक्षा कार्यलय झापा, प्याब्सन झापा, एनप्याब्सन झापा, हिसान झापा, जिल्ला विकास समिती झापा, जिल्ला खेलकुद विकास समिती झापा, संस्थागत विद्यालय अभिभावक संघ झापा यस महोत्सवका मुख्य सहयोगी संस्थाहरु हुन्।
आइसिटी एजुकेसन इन नेपालको टाइटल स्पन्सर र गुडलाइफ डेरीमिल्कको मुख्य प्रायोजनमा सम्पन्न हुने महोत्सवमा सञ्चालन हुने कार्यक्रमहरु यसप्रकार रहेका छन् :
विज्ञान प्रदर्शनी ‘साइन्स सिटी सिलिगुडी, एभरेष्ट साइन्स सेन्टर शान्तिवन र दमक बहुमुखी क्याम्पस दमक को संयोजनमा’
बाल गायन प्रतियोगिता
बाल वक्तृत्वकला प्रतियोगिता
बाल चित्रकला प्रतियोगिता
बाल कराँते प्रतियोगिता
बाल फोटो प्रदर्शनी
स्टल प्रतियोगिता
स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती
बाल झाँकीहरुको प्रदर्शनी
बाल स्वास्थ्य शिविर
बाल मनोवैज्ञानिक शिविर
बालबालिकाले बनाएका स्वादिष्ट खानाका परिकारहरु
शैक्षिक तथा व्यवसायिक स्टलहरु
यस महोत्सवका मिडिया पार्टनर हिमशिखर टेलिभिजन, पाथीभरा एफएम, सप्तरंगी एफएम, पूर्व सन्देश दैनिक, पिपुल्स टाइम्स दैनिक, झापा पोस्ट दैनिक, इन्द्रेणी एफएम, एफएम प्लस, हाम्रो दमक डट कम, स्वतन्त्र खबर डट कम, लगायतका सञ्चारमाध्यमहरु रहेका छन्। साथै, यस महोत्सवमा निस्शुल्क वाइफाइ सुविधका लागि आइ।एस।पी पार्टनरका रुपमा ब्रोडलिङ्क रहेको छ।
बालबालिको अवस्थाबारे लेखिएको कर्म : सिकाइमा गहिरिएको खाडलको समिक्षा पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A3/
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











