‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौं ११ माघ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।
राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउँदै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे ।
सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउ“दै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे । उनले भने,‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउदैंछौं, यसले धेरै समस्या हल गर्नेछ ।’
त्यस्तै,मन्त्री थानीले, सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउँदै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरे । सहकारी मैत्री नै ऐन आउछ मन्त्री थानीले भने तर कस्लाई कुन दफा परिर्वतन गर्नु पर्छ त्यो संभव छैन ।
कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले,सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउादै सहकारीलाई व्यवस्थित गर्न सरोकावाला विच एकरुपताको खा“चो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउँदै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । उनले भने,‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ,यसलाई सहकारीको माध्यमबाट उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक छ ।’
यस्तै, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशिलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । उनले भने,‘सहकारीको गतिशिलतालाई राज्यले अझै बुझ्न सकेको छैन्, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’ कार्यक्रममा केन्द्रिय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए ।
सहकारीले अझै पनि वैदेशिक ऋण लिन सक्ने अवस्था नरहेको बताउँदै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे । यस्तै,राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । त्यस्तै,राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोज कुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अबौं पैसालाई परिचालन गर्न जरुरी रहेको बताए ।
विभागको आयोजना गरिएको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा राष्ट्रिय सहकारी संघ,विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक लगायतले आ–आङ्खना कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यपत्र प्रस्तुत गदैं उनीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या अझै पनि हल नभएको बताउ“दै चुनौतीपूर्ण अवस्थामा पनि आफूहरुले आफ्ना कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












