ताजा समाचार

कम्बोडियामा पर्यटन उद्योगबाट मात्रै तीन खर्बको कमार्इ

न्होमपेन्ह। कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन्।

विदेशी पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र लाओसबाट आएको बताइएको छ । कम्बोडियामा गत वर्ष पर्यटन उद्योगहरुको कुल आय तीन अर्ब अमेरिकी डलर बराबर(तीन खर्ब) आर्जन गरेको बताइएको छ ।
यस पर्यटक उद्योगका कारण गत वर्ष छ लाख २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्राप्त भएको पनि जनाइएको छ । पर्यटन मन्त्रीका अनुसार यस दक्षिण एसियाली राष्ट्रमा ६४७ वटा होटेल ३६ हजार २३६ होटेलका कोठाहरु र एक हजार ९९६ पाहुनाघर र यसमा २८ हजार ९९५ वटा कोठाहरु रहेका बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org