लौठसल्ला आम्दानीको स्रोत बन्दै
इलाम, माघ १२ गते । माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ ।
एक दशकअघिसम्म लेकाली क्षेत्रमा हुने आलु, मकैलगायत परम्परागत बाली लगाएर मुस्किलले वर्ष दिनको गुजारा चलाउँदै आउनुभएका शुक्रराजले लौठसल्लाको बिक्रीबाट यस वर्ष रु छ लाख आम्दानी गर्नुभयो ।
क्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको खेती गर्ने लहर चलेपछि जे परे पर्ला भनेर १०५ रोपनी जग्गामा लौठसल्ला रोप्नु भएका उहाँलाई लौठसल्लाले लखपति बनाएको हो । “गाउँका धेरै साथीभाइले लौठसल्लाको व्यावसायिक खेती गर्दा पनि आफूलाई अत्तोपत्तो थिएन,” उहाँले भन्नुभयो– “लौठसल्लाबाट नसोचेको आम्दानी भएको छ । अघिल्लो वर्ष रु पाँच लाखको लौठसल्ला बिक्री गरे ।”
लौठसल्लाको पातबाट मात्र होइन, राईले बिरुवा बेचेर पनि मनग्य आम्दानी गर्नुहुन्छ । गत वर्ष ३५ हजार बोट लौठसल्लाको बिरुवा बिक्री गरेर रु दुई लाख कमाउनुभयो । लौठसल्लाको पात प्रतिकिलो रु २० र बिरुवा रु १५ मा बिक्री भएको उहाँले बताउनुभयो ।
माबुका किसान डुलबहादुर राईले पनि लौठसल्लाबाट यथेष्ट आम्दानी गरिरहनुभएको छ । चिराइतोमा रोग देखिनु र मिसावटका कारण बिक्न छोडेका बेला लौठसल्लाले किसानलाई राहत दिएको छ । पूर्वी पहाडी जिल्लामा लामो समयदेखि औषधिजन्य लौठसल्लाको खेती गरिएको भए पनि भर्खरै मात्र यसको किनबेच सुरु भएको छ ।
करिब २५ वर्षदेखि लौठसल्लाको खेती गर्दै आउनुभएका माइपोखरी–८ का जगत राई ७० रोपनी जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आउनुभएको छ । उहाँ बर्र्सेनी रु तीन लाखदेखि रु चार लाख बिक्री गर्नुहुन्छ । यहाँका अधिकांश किसानले लौठसल्ला बुटवलस्थित माछापुच्छ«े लौठसल्ला प्रशोधन कारखाना र नेचुरल हर्बल कम्पनीमा पठाउने गरेका छन् ।
व्यावसायिक खेती बढिरहेको भए पनि लौठसल्ला बेच्न सहज छैन । सुकेको पात मात्र कम्पनीले किन्ने गरेको छ । सुलुबुङ, जमुना, जोगमाई, चमैता, माईपोखरी, मावु नयाँबजार, पुवामझुवालगायत गाविसका चार हजारभन्दा बढी किसानले लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












