फेरि थपिँदै २५ मेगावाट बिजुली
काठमाडौं, १६ माघ । केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर-मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो। पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ढल्केबर-मुज्जफपुर अन्तर्देशीय प्रशारण लाइनको पूर्ण क्षमता अनुरूप ४० मेगावाट विद्युत आयात गरे बिजुली फल्क्युयेट भइरहने भएकाले प्राविधिक रूपमा समस्या आउन नलिन हाललाई सम्झौताभन्दा १५ मेगावाट कम कम हुने उनले स्पष्ठ पारे। ‘सम्झौता अनुसार कम बिजुली आयात भए पनि अब लोडसेडिङ हुँदैन,’ उनले थपे। तर उनका अनुसार रक्सौल-परवानीपुर कसहा-कटैया प्रशारण लाइन बनेपछि भने चाहिएको खण्डमा थप विजुली ल्याउन सकिन्छ। भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत वर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङ व्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












