अर्थतन्त्रको विकाससँगै लेखापरीक्षकको जिम्मेवारी अभिवृद्धि
काठमाडौँ, १८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमणकालको अन्त्य भएकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्सहरुको प्रथम दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अबको प्राथमिकता मुलुकको द्रुततर आर्थिक सामाजिक रुपान्तरण भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्राकृतिक, बौद्धिक, भौतिक साधन स्रोतको अत्यधिक परिचालन र बाह्य पुँजी, सीप र प्रविधिको यथोचित सदुपयोग गर्नु आजको प्रमुख आवश्यकता हो ।”
व्यापार, उद्योगधन्दा, कलकारखाना र वित्तीय संस्थाको विस्तारबाट अर्थतन्त्रको विकास भएसँगै लेखापरीक्षकको जिम्मेवारी र भूमिका अभिवृद्धि हुने बताउँदै उहाँले पेसागत कर्तव्यपालना गर्ने क्रममा आउने बाधा र अड्चनलाई संस्थाको आचारसंहितामा रही निष्पक्षताका साथ पूरा गर्न कटिबद्ध रहनुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रपति भण्डारीले पेसागत बफादारी, कर्तव्यपरायणता तथा जिम्मेवारी कायम गरी आफ्नो ज्ञान अनुभव सीप र दक्षतानुरुप समुदाय, समाज तथा देशको हितका लागि कार्य गर्न आग्रह गर्नुभयो ।
उहाँले चार्टर्स एकाउन्टेन्ट्सले तयार पारेको आर्थिक प्रतिवेदनबाट बजेटका सामग्री तर्जुमा गर्न निर्णयलाई महत्वपूर्ण सघाउ पुग्ने भएकाले सरकारी तथा निजी क्षेत्रको आर्थिक अनुशासन र पारदर्शिता र उत्तरदायित्वमा एकाउन्टेन्ट्सको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले लेखा व्यवसायीको कार्यसम्पादनबाट संस्थागत आर्थिक अनुशासन कायम भई विश्वसनीय वित्तीय विवरण तयार भई राष्ट्रको अर्थव्यवस्था मजबुत हुने पनि बताउनुभयो ।
लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्न, लगानीको वातावरण बनाउन, राज्यको कर प्रशासनलाई पारदर्शी, चुस्त र परिपक्व बनाउन तथा व्यवसायसँग सम्बन्धित परामर्शका लागि सिएहरुको योगदान अतुलनीय रहनेमा राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले लेखा क्षेत्रमा थप प्रगतिका लागि व्यावसायिक इमान्दारीलाई सदैव ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वव्यापीकरणमा लेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेकाले विश्वसनीय बन्दै लेखा व्यवसायीको गरिमालाई उँचो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले ती सय २९ सिएलाई दीक्षित गर्नुभएको थियो । नेपाल चार्टर्ड एकान्टेन्स संस्थाका अध्यक्ष महेश खानालले मुलुकमै पहिलो पटक भएको दीक्षान्त समारोहले लेखा व्यवसायको गरिमा बढाएको बताउनुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












