त्रियानब्बे प्रतिशत भूकम्पपीडितलाई अनुदान
काठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ । प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो । प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको रु ५० हजार वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताउनुभयो । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार प्राप्त गरिसकेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












