तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बगुवाका कृषक
मेलम्ची, २३ माघ । स्थानीय बगुवा क्षेत्रका कृषक व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।
पारिवारिक गर्जो टार्न मात्र तरकारीखेती गर्दै कृषक अहिले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि मनग्य आम्दानी लिन सफल भएका हुन् । उनीहरुले काउली, आलु, बन्दाकोपी, गोलभेँडालगायतका तरकारी उब्जाएर नजिकैको मेलम्ची बजारमा बिक्री गर्दै आएका छन्् ।
आफ्नो घरको गुजारा चलाउन मात्र तरकारीखेती गर्दै आउनुभएका यहाँका कृषक तुलाराम दाहालले विगत सात वर्षदेखि तरकारी खेतीलाई व्यावसायिककरण गर्दै त्यसमै समय बिताउने गर्नुहुन्छ ।
व्यावसायिक रुपमा तरकारीखेतीबाट राम्रो आयआर्जन भएको सुनेपछि आफूलाई पनि यसमा हौसला मिलेको उहाँले बताउनुभयो ।
आफ्नो करिब १० रोपनी जग्गामध्ये सात रोपनीमा तरकारीखेती गर्ने गरेको र बाँकी जमिनमा धान रोप्ने गरेको कृषक तुलाराम दाहालको भनाइ छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।
तरकारी खेतीले फेरिएको जीवनसँगै उहाँले भन्नुभयो । “धुलाम्य तथा जीर्ण सडको कारणले खेतीमा केही चुनौती थपिएको गुनासो गर्नुभयो ।
मौसमी तथा बेमौसमी दुई प्रकारका खेती लगाउने गर्नुभएका अर्का कृषक हेमराज खतिवडा पनि उत्पादित तरकारी बजारमा मागअनुसार निर्यात हुन थालेपछि आफूले व्यावसायिक रुपमै तरकारीखेती गर्दैआएको बताउनुहुन्छ ।
गतवर्ष गोलभेँडा, काउली, बन्दा, आलुलगायतका तरकारी उत्पादन गरी रु पाँच लाख भन्दा बढी आम्दानी भएको र यसवर्ष तरकारी दूधबाट रु सात लाख आम्दानी कृषक खतिवडाको भनाइ छ ।
यहाँ उत्पदित तरकारी स्थानीय बजारमा मात्र नभएर उपत्यकामा पनि निर्यात हुने गरेको छ ।
समय समयमा जिल्ला कृषि विकास कार्यालयले दिने तालिम र तरकारीको प्रदर्शनीले पनि कृषकहरु व्यावसायिक हुन हौसिएका हुन् ।
कृषकको आवश्कताअनुसार कृषि सम्बन्धी उपकरण तथा बिउ बिजन उपलब्ध गराउँदै आएको कार्यालयका वरिष्ठ कृषि अधिकृत हिक्मतकुमार श्रेष्ठ बताउनुहुन्छ ।
विगत १० वर्षदेखि मेलम्ची नगरपालिकाको बगुवा तरकारीखेतीको लागि उत्कृष्ट रहदै आएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












