सबैभन्दा बढी विजुली चोरी हुने स्थानमा अनुसन्धान गर्दै प्रहरी, प्रहरी टोली हेटौँडा पुग्यो
काठमाडौं । विद्युत् चोरी नियन्त्रण विरुद्ध अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजपत्र नियन्त्रणमा लिएको छ । क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको सूचनाको आधारमा अनुसन्धान गर्न आएको प्राविधिकसहितको टोलीले कागज नियन्त्रणमा लिएको हो ।
माघ २१ गते मकवानपुर तथा आसपासका क्षेत्रमा विद्युत् चोरीको अवस्था अध्ययन गर्न टोली खटिएको थियो ।
हेटौँडा वितरण केन्द्र मातहत ५३ प्रतिशत विद्युत् चोरीको समाचार सार्वजनिक भएपछि महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक विष्णु केसीको नेतृत्वमा विद्युत् प्राधिकरणका इन्जिनियरसहित आएको टोलीले स्थानीय उद्योग तथा व्यवसायीको मिटर तथा विद्युत् चोरी हुनसक्ने स्थानमा स्थलगत अनुगमनसमेत गरेको छ ।
साथै, हेटौँडाको हर्नामाडीमा रहेको शिवम् सिमेन्ट उद्योगमा समेत अनुगमन गरिएको प्रहरी उपरीक्षक केसीले बताए। यसअघि उल्टो मिटर घुमाउने काममा संलग्न भएको आरोपमा प्राधिकरणको हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान पक्राउ परेका थिए। थप अनुसन्धानको क्रममा कर्मचारीसँगको बयान जारी राखेको प्रहरी उपरीक्षक केसीले बताए।
विद्युत् चोरी गरेको र चोराएको आरोपमा प्राधिकरण हेटौँडाका केही कर्मचारीसँग बयान लिइएको र वितरण केन्द्रका केही कर्मचारीको सुक्ष्म अध्ययन गरिएको महाशाखाले जनाएको छ ।
गत वर्ष यस वितरण केन्द्र मातहत ५२ करोड ६५ लाख ४८ हजारको विद्युत् चुहावट भएको पाइएको थियो। सो परिमाण कूल विद्युत् प्रसारणको ५३ प्रतिशत हुन आउछ ।
ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकीङ गरेर विद्युत्चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यावसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीकै मिलेमतोमा बिजुली चोरी हुने गरेको हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












