पूर्वाञ्चलमा विश्व बैङ्कले रु २८ करोड बाँडेपछि किसानहरु एकाएक कृषि व्यवसायिकरणमा अग्रसर
विराटनगर, २५ माघ । कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ ।
विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।
पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित १५ वटा संयुक्त आयोजना र ४४ वटा उप आयोजना सञ्चालनमा छन् । ती मध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक– एकवटा आयोजना सञ्चालनमा रहेका कृषि तथा व्यापार आयोजना कार्यालय विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताउनुभयो ।
ती कार्यक्रमका माध्यमबाट किसानबीच रु १८ करोड ६८ लाख ७२ हजार विश्व बैङ्कको अनुदान रकम वितरण गरिएको छ । कूल रु ४९ करोड ९१ लाख ३९ हजार लागतमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारीमार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको छ ।
आयोजना सञ्चालकले पेस गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि रु ९९ लाखसम्म अनुदान उपलब्ध गराइएको छ । निजीस्तरमा र सहकारीमार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नीतिअनुरुप अधिकांशलाई दुई किस्ता उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
विसं २०७३ जेठ महिनादेखि प्रक्रिया सुरु भएको उक्त कार्यक्रममार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मङ्सिरमा सम्झौंता भई कार्य दू्रतगतिमा भइरहेको छ । सो आयोजनाको अवधि एक वर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा योजना सम्पन्न हुनेछ ।
छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारीखेती, माछाखेतीका लागि र पशुसेवातर्फ डेरी, बङ्गुरपालन, कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताइएको छ । अनुदान रकम वितरण गरिएपछि कार्यप्रगतिको अध्ययन गर्नका लागि विश्व बैङ्कका प्रतिनिधि, कृषि मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोगका उच्च पदस्थ पदाधिकारी र कार्यालयबाट पनि पटक÷पटक अनुगमन कार्यलाई निरन्तरता दिने गरिएको आयोजना प्रमुख मैलानीले बताउनुभयो ।
पूर्वाञ्चलका सोलुखम्बु, खोटाङ, सङ्खुवासभा र ओखलढुङगामा लघु अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममार्फत रु नौ करोड ८५ लाख वितरण गरिएको छ । आव २०७१/७२ देखि सुरु भएको सो कार्यक्रमअन्तर्गत किसानसँग २०६ वटा सम्झौता भएका थिए । सो कार्यक्रममार्फत किसानलाई बढीमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












