साना सिँचाइ योजना प्रभावकारी
पाल्पा । वर्षौंदेखि बाँझिएका जग्गामा सिँचाइ हुन थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ ।
जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको साना किसान सिँचाइ आयोजनाबाट जमिन सिञ्चित मात्र नभई यहाँका कृषकको जीवनस्तर उकासीएको छ । सिँचाइ अभावमा खण्डहरमा परिणत भएका जमिनमा पर्याप्त सिँचाइको सुविधा पुगेपछि कृषकको जीवनशैली फेरिँदै गएको छ ।
रामपुर नगरपालिका–२ गैराका कृषक शिवराज खड्का बाँझिएको पाँच रोपनी जग्गामा सिँचाइ पुगेपछि धान, गहुँ, मकै र तरकारी उत्पादनमा वृद्धि भएको बताउनुहुन्छ । बाह्रै महिना सिँचाइ गर्न सकिएपछि अन्नबालीसँगै अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दैआएको उहाँको भनाइ छ ।
“सिँचाइ अभावले उत्पादन हुँदैनथ्यो, परिवार पाल्न सधैँ बजारबाट किनेर ल्याउनुपथ्र्यो,” खड्काले भन्नुभयो, “दुई वर्षयता घरकै उत्पादनले गुजारा चलेको छ ।”
रामपुर–६ का हबिबुर रहमान सेखले पाँच मुरी धान फल्ने खेतबाट अहिले ६० मुरी धान उत्पादन गर्नुहुन्छ । सिँचाइको अभावमा आकासे पानीको भरमा खेती गर्दै आउनुभएका सेखको बाँझिएको १० रोपनी जग्गामा पर्याप्त सिँचाइ पुगेको छ । “तीन वर्ष अगाडि कृषि विकास कार्यालयले कुलो निर्माण गरेपछि जग्गा सदुपयोगमा आएको छ,” उहाँले भन्नुभयो ।
सिँचाइ सुविधा पुगेको खण्डमा थोरै जग्गामा पनि प्रशस्त आम्दानी हुने कृषक बताउँछन् । रामपुर–११ सेराका दुर्गादेवी आचार्य आशा मारिसकेको ११ रोपनी जग्गा अहिले सिञ्चित हुँदा सहज रुपमा तरकारी खेती गर्न सकेको बताउनुहुन्छ । सिँचाइ अभावमा खेती गर्न छाडेको सो जग्गामा अहिले धान, मकै, गहुँ, तरकारी उत्पादनका लागि कुनै समस्या छैन ।
कृषि विकास कार्यालयले आव २०५८÷५९ देखि जिल्लामा साना सिँचाइ कार्यक्रम सञ्चालनमा ल्याएपछि खेर गएका बाँझिएका जग्गामा सिँचाइ सुविधा पुगेको हो । बाँझिएका आठ हजार ७५० हेक्टर जमिनमा सिँचाइको पर्याप्त सुविधा पुगेको छ । चालु आवमा २१ वटा कुलो निर्माण तथा १४० वटा प्लास्टिक पोखरी निर्माणका लागि ९४ कृषि सहकारी समूहलाई छनोट गरेको बाली विकास अधिकृत हसमुल्लाह खानले बताउनुभयो ।
त्यस्तै, जिल्लामा आव २०६५÷६६ मा सञ्चालन भएको आइडब्लु आरएमपी कार्यक्रमअन्तर्गत अहिलेसम्म १५ वटा उपआयोजना सञ्चालनमा छन् । रामपुर, कसेनी, कोलडाँडा, मदनपोखरा, दोभान, पोखराथोक, अर्गली, सोमादी, सत्यवती र चिदिपानी क्षेत्रका पाँच सय बढी हेक्टर जमिन सिञ्चित भएको छ । एक हजार १०० घरधुरीका पाँच हजार ८०० जना लाभान्वित भएका छन् । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












