मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान सुरु
पथरी (मोरङ), २ फागुन । विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन् ।
विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्तटोल सङ्गठनका संयोजक राजेश मास्केले बताउनुभयो ।
मस्केका अनुसार विराटनगर–१ मा मदिरा बेच्ने व्यवसायी र भट्टी चलाउनेलाई कोठा भाडामा नदिन अभियान सुरु भएको छ । स्थानीयवासीको पहलमा सुरु भएको अभियानअन्तर्गत घरधनीलाई भट्टी चलाउने र मदिरा बेच्नेलाई घरभाडामा नदिन आग्रह गरिएको छ ।
सो क्षेत्रका स्थानीयले अव्यवस्थित मदिरा व्यवसायका कारण विकृति बढेकाले स्थानीय भट्टाचोकदेखि पानीट्याङ्की चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरी भट्टी चलाउन नदिने भएका हुन् । स्थानीय लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा व्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन विपन्न हुंँदै गएको बताउनुभयो ।
संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्केले सरकारको राजस्व सङ्कलन नीतिका कारण जथाभावी मदिरा पसलको लाइसेन्स बाँड्नाले यस्तो समस्या आइपरेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
काठमाडौं । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला...
-
आजको राशिफलः २०८१ पुस १० गते बुधवार
मेष अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्।...
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
चाँदीको मूल्य बढ्दा, सुनको स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । त्यस्तै आज सुनको मूल्यमा परिवर्तन देखिएको छैन। चाँदीको मूल्यमा...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...