एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी
तेह्रथुम, २ फागुन । जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् ।
तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो ।
गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भन्नुभयो – “विगतका पुराना बोटसहित गरेर यो वर्ष धेरै परिवारले कम्तीमा रु ३० देखि डेढ लाखसम्मको खुर्सानी बेचेका छन् ।
छोटो समयमा कम मेहनत र सजिलो तरिकाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि उनीहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुलाई अकबरे खुर्सानीको खेतीबारे तालिम, बीउ अनुदान र व्यावसायिक बन्ने प्रेरणा दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो ।
पहिल्यैदेखि कृषि पेसा अङ्गाल्दै आएका उनीहरु यहाँ खासै अन्नबालीको उत्पादन नभएपनि तरकारी, फलफूल र नगदेबालीबाटै घर खर्च चलाउँदै आएका छन् । यो वर्ष पनि बस्तीका धेरै किसानले गरेको अकबरे खेतीबाटै गुजारा चलाइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।
आफूले चार रोपनी जमिनमा लगाएको चार हजार बिरुवाबाट यो वर्ष रु एक लाख २० हजार आम्दानी भएको स्थानीय सीता खड्काले बताउनुभयो । गाउँमा सबैले गरेको देखेर मैले पनि यसवर्षबाट थालेकी थिएँ, उहाँले भन्नुभयो – तर पहिलो वर्ष नै राम्रो उत्पादन भयो र आम्दानी पनि भएकाले सन्तुष्ट छु । गाउँका महिलाले घर खर्च, नानीहरुको पढाइ र चाडपर्वसमेत अकबरेकै आम्दानीबाट धान्न थालेको उहाँले बताउनुभयो ।
गाउँमा भएको उत्पादनलाई बजारसम्म पु¥याउन पनि खासै समस्या नभएकाले करेसासम्मै पुगेका सडक भएर शुक्रबारे बजार हुँदै धनकुटाको सिधुवामा पु¥याएर बिक्री गर्ने गरेको कृषक यानादेवी खड्काले बताउनुभयो । यसवर्ष आफूले रु एक लाख ५० हजारको अकबरे खुर्सानी बेचेको उहाँले बताउनुभयो ।
जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो । अकबरेबाट बर्सेनि रु सात करोडभन्दा बढी आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












