आकर्षक र गुणस्तरीय बन्दै अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’
काठमाडौँ, ४ फागनु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ ।
गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य सङ्गठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो ।
अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेक्स स्थापना गरेको थियो ।
मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रनसक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेक्सको उद्देश्य हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्स गुणस्तरीय र आकर्षक पनि हुनुपर्छ भनी पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । १५ दिनभित्र मर्मत कार्य सकिने बताइएको छ ।
निर्देशक आचार्यका अनुसार आगमन स्थलमा राखिएको थर्मल स्क्यानर क्यामरा जडान पनि गतवर्षको भूकम्पले काम नलाग्ने गरी बिग्रिएको छ । उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेक्समा ल्याई परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए नभएको पत्ता लगाउने गरिन्छ ।
अब बन्ने हेल्थ डेक्सको स्वरुप नै परिर्वतन हुने निर्देशक आर्चायको भनाइ छ । उहाँले उक्त हेल्थ डेक्स आर्कषक र स्तरीय मात्र नभई त्यहाँबाट दिइने सेवा गुणस्तरीय बनाउन परामर्श दिने, त्यसको तथ्याङ्क राख्न कम्प्युटरको पनि व्यवस्था हुने बताउनुभयो ।
उक्त डेक्समा सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी पाँचजना कर्मचारी २४ सै घन्टै सेवामा खटाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पालैपालो कर्मचारी त्यहाँ परिचालन गर्दै आएको छ । तर निर्देशक आचार्य उक्त डेक्सका लागि छुट्टै दरबन्दी सिर्जना गरी सोही स्थानका लागि नै कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।
यस्तै हेल्थ डेक्स सरकारले छिमेकी देशसँग जोडिएका छ । जिल्लामा सिमानामा पनि स्थापना गरेको छ । झापाको काँकडभित्ता चौकी, विराटनगरको रानीभन्सार, रसुवाको रसुवागडी नाका कञ्चनपुरको गड्डाचौकी, भैरहवामा बेलिया नाका, नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ ।
विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सिमाका रहेका अन्य ६ हेल्थ डेक्समा भने टाँसिएको सूचनाको आधारमा शङ्कास्पद बिरामी आफँै हेल्थ डेक्सको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् ।
उक्त डेक्स सञ्चालन गर्नका लागि सरकारले वर्षको रु तीन लाख बजेट प्रत्येक हेल्थ डेक्सलाई उपलब्ध गराउँदैँ आएको छ ।
सरकारले सात स्थानमा राखिएको हेल्थ डेक्समा अहिलेसम्म १५ हजार ९८१ जनाले स्वास्थ्यबारे परामर्श लिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष १३१ जना र आव २०७३/७४ मा ३२० बिरामीसँग परामर्श गरिएको थियो ।
काकडभिट्टामा रहेको स्वास्थ्य सहायता कक्षमा आर्थिक वर्ष २०७२/७३ मा वर्ष एक हजार आव २०७३/७४ मा तीन सय बिरामीले परामर्श लिएका थिए ।
त्यस्तैगरी भैरहवाको सुनौली नाकामा आव २०७२/७३ मा ४५० र २०७३/७४ मा ८४, नेपालगन्जको जमुनामा आव २०७२/७३ सबैभन्दा १३ हजार यो चालु आवमा तीन महेन्द्रनगरको गड्डाचौकीमा आव २०७२/सात सय ३ र अहिले दुई जनाले मात्र परामर्श लिएका छन् । रसुवागडी र विराटनगर रानी भन्सारको भने तथ्याङ्क नआएको महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












