तरकारी खेतीबाट लाखौं आम्दानी, विदेश जानेलाई बन्यो गतिलो उदाहरण
सुर्खेत । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जानेहरुको संख्या बढि रहेको छन ।
गाउँघर र बजारमा युवाहरु नहुँदा बजार र गाउँ सुनसान मात्र नभई कृषि प्रधान यो मुलुकको धेरै खेत बाँझो छ ।
उर्वरा जमिनमा सुन पनि यही माटोमा फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याई रहेका छन् । अरुको भरमा बाच्न मुलुक तरकारी पनि अरुले नै उत्पादन गरेको तरकारी खानेहरु ठूलो संख्यामा पाइन्छन् । अरुको भरमा बाँच्नु भन्दा आफ्नै देशमा पसिना बगाइ आफ्नै परिवारसँग दुःख गरि आम्दानी गर्ने सकिन्छ भन्ने ठूलो साहस बोकेका सुर्खेत पिपिरा स्थित घर भएका गेहेन्द्र गौतमका घरमा ५ जना परिवार छ । बिहानबेलुका घर खर्च चलाउन समस्या भएपछि तनाब मात्रै हुने गरेको उनले बताए ।
उनले भने,‘कहाँ जाने कसरी के गर्ने भन्ने सोचेका थिएनन् । केही सार्थीहरुले जग्गा भाडा लिएर तरकारी खेती गर्ने उनलाई सुझाव दिएका थिए । गौतमले बुलबुले नजिकको खाली जमिन भाडाँ लिएका छन् । वार्षिक रुपमा ३० हजार जग्गाको भाडाँ तिदै आएका छन् । तरकारी खेती गरेर घर खर्च चलाउने आशा बोकेका गौतम तरकारी खेती गर्ने थालेको अहिले २ वर्ष पुरा भएको छ ।’
केही वर्ष पहिला घर खर्च चलाउन गाह्रो भए पछि साथीहरुको सुझावले तरकारी पेशा रोजेको बताए । उनले भारत गएर पनि आम्दानी नहुने देखेपछि बाँच्नका लागि पनि आफ्नै नेपालमा केही गर्ने सकिन्छ भन्दै बुलबुलेको पानी प्रयोग गरेर तरकारी खेती गर्ने हुने भएपछि परिवार सहित जुटेका छन । बुढाबुढी तरकारी खेती गरि आम्दानीबाट लाखौ रकम कमाउदै आएका छन् । जग्गामा काउली बन्दा,काँक्रा प्याज लगायतका तरकारी उत्पदान गरि लाखौ आम्दानी गदै आएको बताएका छन् ।
भाडाँमा लिएर निरन्तरण तरकारी खेतीमा व्यस्त छु । हामी नभएको बेला तरकारी चोरी लिने र गाईवस्तुले खाने भएपछि तरकारी बारीको हेरचाह बस्ने गरेका छन । आफूहरुले गरेको खेतीबाट खुसी र सन्तुष्ट रहेको गौतमले बताए । गौतम एक पात्र मात्रै थिए उनी जस्ता सयौ युवाहरु खेतीपातीमा लहर लागेको छन् ।
धेरै जना युवा विदेश जानु भन्दा जग्गा भाडा लिएर तरकारी खेतीमा सक्रिय हुदै आएका छन । यस्तै दैलेख लालिकाडाँ घरका भएका बल बहादुर रामजाली मगर सूरुको पेशा नेपाली सेनामा कार्यरत थिए । द्वन्द्वकालको समयमा सेनाको जागिर छोडेर घर आएका थिए । उनले भने ज्यान जोगाउनु पर्ने बेला थियो । मरिन्छ की भनेर जागिर छोडेको बताए । उनी घरमा खाली बस्न नरुचाउने बल बहादुर कृषि पेशामा लागेको हुन । विदेशमा कमाउने पैसा स्वेदशमै पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन् ।
विहानै उठ्रे तरकारी लगाएको खेतबारीमा गएर तरकारीको खेतममा गोडमेल गर्ने रामजाली मगरले बताए । उनलाई तरकारी मात्रै नभई सँगै ३ सय कुखुरा पाल्दै आएका छन । खेतमा फलेका तरकारी बेच्नका लागि बजार धाउनु उनको दैनिकी नै हो ।
रामजाली मगर आफ्नो पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन् –“साथीहरु सबै विदेश पुगेसके तर मैले यहाँ तरकारी खेती गर्दा गर्दै विदेश जाने भन्ने सोच नै भएन् ।”
उनको बुवाको पालादेखि नै उनले तरकारी खेति गर्ने गरेको भएपनि विगत पाँच वर्षदेखि व्यवसायिक कृिष खेति गर्न थालेका रामजालीले बताए ।
अहिले उनले अरुको जग्गा १० कट्टा भाडाँ लिएर तरकारी खेती गरि वार्षिक १ लाख मनग्य आम्दानी गदै परिवार चलाउदै आएको बताएका छन । तरकारीहरु काउली, बन्दा, प्याज, काँक्रो, घिरौला, साँग, धनियाँ लगायतका व्यवसायिक तरकारी खेत गर्ने गरेका छन् ।
यस्तै इत्राम ८ घर भएका हर्क बहादुर बुढा मगरको पनि ५ जना परिवार पाल्नकै निम्ती भएपनि कृषि पेशा रोजेका छन् । विगतका वर्षहरुमा कृषि पेशबाट घर परिवार गुजारा गदै आएका हर्क बहादुर बुढामगर बुलबुले सुर्खेतको खाली जग्गा भाडा लिएका छन् ।
५ वर्ष पहिला कल्यानमा कृषि पेशा गदै आएका उनी वीरेन्द्रनगरमा घर बनाएको बताए । उनले भने घर भएर मात्र के गर्नु बिहान बेलुका पनि खान चाहिन्छ । कसरी बालदबाच्चा पाल्नु त्यही समस्या भएपछि जग्ग भाडा लिएको बुढाले दुखेसो पोखे । उनले भने पहिला धान लगाउने केही धान साहुलाई दिन आधा आफुले घरमा लिने बालबच्चा पाल्ने सम्म हुने गरेको बताए ।
अहिले सबैले तरकारी खेतीबाट लाखै आम्दानी गर्ने लागेपनि आफू पनि तरकारी खेती थालेको बताए । यो तरकारी गोडमेल गरेमा तरकारी खेतीबाटै लाखौ आम्दनी गर्ने समेत हर्कबहादुरले बताए ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











