ताजा समाचार

म्याग्दीमा २ लाखको पत्रकारिता अक्षयकोष

 


म्याग्दी । नेपाल पत्रकार महासंंघ म्याग्दीमा दुई लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

अक्षयकोषका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५ सय ५५ र सचिव गोरखनाथ सुवेदीले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनीहरुले आफ्ना स्वर्गीय आफन्तको स्मृतिमा घोषणा गरेको उक्त रकमलाई कार्यविधि बनाएर कोषको ब्याजबाट हरेक वर्ष एक उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org