भोजभतेरमा झुक्किएर पनि मदिरा नपिउनुहोस्,यस्तो आयो नयाँ नीति
काठमाडौं । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।
सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ ।
साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ ।
मन्त्रीपरिषद्बाट सोमबार पारित भएको नितिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तिमा १ लिटर भन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भनिएको छ । एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईनुका साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाईने मन्त्रालयले जनाएको छ ।
सरकारको यो नीति कार्यान्वयन गर्न चाडै नै कानुनी व्यवस्था गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए ।
९ बुँदे नीतिका थप मुख्य बुँदा तथा उपबुदाँहरु निम्नानुसार छन्
९.१.५.नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरुबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको बिषयलाई समावेश गर्न प्रोत्साहन गरिनेछ ।
९.१.६. मदिराको हानिकारक सेवनलाई न्यूनिकरण गर्न राष्ट्रिय मदिरा रहित दिवस मनाउने परम्पराको थालनी गरिनेछ ।
९.१.७. मदिराको बोतलको कम्तीमा ७५ भागमा मदिरासेवनको कारणले भएको सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र “मदिरासेवनस्वास्थ्यका लागि हानिकारक छ”भन्नेजस्ताचेतावनीमूलकस्वास्थ्यसन्देश, मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर उल्लेख गर्नु पर्ने व्यवस्था गरिनेछ ।
९.२.१. छापा तथा बिद्युत्तीय संचार माध्यम, इन्टरनेट, ईमेल र हार्डिङबोर्ड े लगाएत कुनै पनि संचार माध्यम वा तरीकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रबद्र्धन र बजारीकरण गर्ने सम्बन्धी सूचना वा चित्र वा सन्देश वा सामग्री वा विज्ञापन वा प्रायोजन वा समाचार प्रकाशन र प्रसारण कार्यलाई निषेध गरिनेछ ।
९.२.२. चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरञ्जनात्मक वा समाचारमूलक वा प्रायोजनात्मक श्रब्यदृष्य कार्यक्रममा कलाकारका े प्रयोग वा व्राण्ड वा लोगो वा अन्य परिचय झल्कने गरी मदिराको प्रबद्र्धन हुनेगरी अभिनय वा बिज्ञापन वा प्रचार प्रसार गर्ने कार्य निषध े गरिनेछ।
९.३.१. सार्वजानिक क्षेत्र एवं कार्यस्थल नजिक मदिरा उत्पादन र बिक्री, बितरण गर्न नपाउने व्यवस्था मिलाईनेछ । ९.३.५. मदिराको उत्पादन, विक्रि, वितरण गर्न अनिवार्य लाईसेन्स लिनुपर्ने व्यवस्था मिलाईने छ ।
९.३.७. सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरु, निश्चित धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु र नेपाल सरकारले आवश्यक ठानेका अन्य स्थानहरुलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिनेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












