अरुण ३ बन्ने: स्थानीय उत्साहित

काठमाडौं । लामो समयको अन्तरालपछि पूर्वकै बिकासको ढोका मानिने अरुण ३ बन्ने पक्का भएको छ । शीलान्यास भएको करिव १ दशकपछि अरुण ३ बन्ने भएको हो । भारत सरकारले ९ सय मेगावाटको यो जलविद्युत आयोजना निर्माणका लागि ९१ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेपछि निर्माण हुने र नहुनेबीचको अन्यौल हटेको छ ।
संखुवासभाको नुम गाविसको फ्याक्सिन्दामा ड्यामसाइड रहने आयोजनाबाट नेपाल सरकारले करिव २२ प्रतिशत बिद्युत पाउँछ । नेपालमा खपत नभएको बिद्युतमात्र भारतमा लान पाउने सहमतिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको गत बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल क्लोजर सक्ने योजना छ । आयोजना निर्माण अवधि ५ वर्ष छ ।
सतलजले अरुण ३ को निर्माण गर्नेछ । सतलजले अरुण ३ निर्माण गर्न श्रोत जुटाउने कार्यका लागि विद्युत विद्युत विकास कम्पनी ३ वर्षअघि स्थापना गरेको थियो ।
संखुवासभाका पत्रकार छेटु शेर्पाका अनुसार सतलज निर्माण हुने भएपछि रोजगारीदेखि व्यापार र व्यवसाय बढ्ने भन्दै स्थानीय उत्साहित भएका छन् । अरुण ३ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव १० हजारले रोजगार पाउने छन् भने वर्षेनी ५ अर्ब रुपैयाँबराबर संखुवासभामा आयआर्जन हुने देखिन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












