अरुण ३ बन्ने: स्थानीय उत्साहित

काठमाडौं । लामो समयको अन्तरालपछि पूर्वकै बिकासको ढोका मानिने अरुण ३ बन्ने पक्का भएको छ । शीलान्यास भएको करिव १ दशकपछि अरुण ३ बन्ने भएको हो । भारत सरकारले ९ सय मेगावाटको यो जलविद्युत आयोजना निर्माणका लागि ९१ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेपछि निर्माण हुने र नहुनेबीचको अन्यौल हटेको छ ।
संखुवासभाको नुम गाविसको फ्याक्सिन्दामा ड्यामसाइड रहने आयोजनाबाट नेपाल सरकारले करिव २२ प्रतिशत बिद्युत पाउँछ । नेपालमा खपत नभएको बिद्युतमात्र भारतमा लान पाउने सहमतिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको गत बुधबार बसेको बैठकले आयोजना र लागत स्वीकृत गरेको हो । आगामी सेप्टम्बरसम्ममा फाइनान्सियल क्लोजर सक्ने योजना छ । आयोजना निर्माण अवधि ५ वर्ष छ ।
सतलजले अरुण ३ को निर्माण गर्नेछ । सतलजले अरुण ३ निर्माण गर्न श्रोत जुटाउने कार्यका लागि विद्युत विद्युत विकास कम्पनी ३ वर्षअघि स्थापना गरेको थियो ।
संखुवासभाका पत्रकार छेटु शेर्पाका अनुसार सतलज निर्माण हुने भएपछि रोजगारीदेखि व्यापार र व्यवसाय बढ्ने भन्दै स्थानीय उत्साहित भएका छन् । अरुण ३ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव १० हजारले रोजगार पाउने छन् भने वर्षेनी ५ अर्ब रुपैयाँबराबर संखुवासभामा आयआर्जन हुने देखिन्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












