‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन
काठमाडौँ, १५ फागुन । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ ।
समितिका पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राख्नुभएको हो । करिब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गर्नुभएको हो ।
अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राख्नुभएको उहाँले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता गरेर काम गर्दै आउनुभएको छ ।
नेपाल घरेलु उद्योग महासङ्घको उपत्यका उपाध्यक्षसमेत रहनुभएकी ताम्राकारले ७५ वटै जिल्लाका उद्योगीलाई उद्योगसम्बन्धी परामर्शसमेत दिँदै आउनुभएको छ ।
यस्तै मेलामा भोजपुरे खुकुरी पनि आकर्षण ढङ्गले राखिएको छ । हजुरबुबा सिङ्गावीर विश्वकर्माको पेसालाई निरन्तरता दिन उहाँका नाति पूर्णबहादुर विश्वकर्मा लाग्नुभएको छ । विस २०४२ देखि खुकुरी निर्माणमा लाग्नुभएका उहाँले भोजपुरे खुकुरी ह्यान्डीक्राफ्टमार्फत भोजपुरे खुकुरी बनाउँदै आउनुभएको छ ।
विश्वकर्माले गत वर्ष मात्र रु एक लाख ११ हजार ११ मूल्य पर्ने खुकुरी प्रदर्शनमा राख्नुभएको थियो । सागदेखि मासुसम्म सजिलै काट्न सकिने खुकुरी बनाउने पेसा आफ्ना सन्ततिले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता उहाँमा छ । उहाँले कच्चापदार्थको अभाव र जनशक्ति कम हुँदा खुकुरी बनाउने पेसा सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली हतियारलाई सरकाले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
यसैगरी मेलामा रुकुमका उद्यमी मङ्गलबहादुर वादीले मादल प्रदर्शन गरेका छन् । दसैँ, तिहार, तीज लगायतका महत्वपूर्ण चाडमा धेरै बिक्री हुँदै आउने मादल बेचेर उहाँले २२ जनाको परिवार पाल्दै आउनुभएको छ । उहाँको एउटा मादललाई रु एक हजार पाँच सयदेखि रु १० हजारमा बिक्री गर्दै आएको बताउनुभयो ।
मेलामा नमुना कलेक्सन अचार उद्योग इलामबाट बनाइएको अचार प्रदर्शनमा राखिएको छ । ओखलढुङ्गा औद्योगिक व्यापार मेलामा तेस्रो तथा विराटनगर औद्योगिक मेलामा दोस्रो भएको उक्त उद्योगबाट डल्लेखुर्सानी, मूला, कागती, आँप लगायका अचार प्रदर्शनमा राखिएका छन् ।
इलाम उद्योग वाणिज्य सङ्घको प्रेरणाअनुसार उद्योग सञ्चालन गरेकी कमला बाँस्कोटा (रिजाल) अचार बेचेर मासिक रु २० देखि ३० हजारसम्म आम्दानी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म त एउटा सफल उद्यमी बनेँ मेरा दुई÷चारजना महिला उद्यमीलाई रोजगार दिने उद्देश्य छ ।”
समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्याय देशको सुगम तथा दुर्गम क्षेत्रमा रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गर्नका लागि मेला आयोजना गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्वदेशी युवा शक्तिलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।” उपाध्ययले घरेलु उद्योगलाई थप प्रोत्साहन गर्नका लागि मेला अवधिभर उद्यमीसँग घरेलु तथा साना उद्योगसम्बन्धी सम्बन्धित सङ्घसंस्थासँग अन्तक्र्रिया र छलफल गरेको बताउनुभयो ।
मेलामा प्रत्येक जिल्लामा कम्तीमा दुई स्टल नघटाईकन तीन सयभन्दा बढी स्टल राखिएको छ । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












