मोबाइल मर्मत गरेरै मासिक पचास हजार आम्दानी
काभ्रे, १५ फागुन । उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्नु भएको हो । उहाँले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गर्नुभएको छ । पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठ बताउनुभयो । “नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन् ।”, उहाँले भन्नुभयो, पाँच वर्षअघि मैले रु आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।”
आठ हजारमा पसल सञ्चालन गर्नुभएका श्रेष्टको अहिले पाँच रु लाख बराबरको सम्पति छ सुरुमा उहाँको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ । ‘काम गरे पुँजी सङ्कलन हुँदैजान्छ, लगानीको खासै समस्या हुन्न ।’ उहाँले बताउनुभयो ।
“पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु ।” श्रेष्ठले भन्नुभयो । पसलमा आउने ग्राहकलाई उहाँ प्राविधिक पढ्न सल्लाह दिने गर्नुहुन्छ । आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराइरहनुभएको छ । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उहाँको योजना छ ।
हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफँैले बनाउन थाल्नुभएको छ । नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहनुभएका उहाँले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताउनुहुन्छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












