महोत्सवले जुटायो रु ७५ लाखभन्दा बढी
गुल्मी, १७ फागुन । गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ ।
जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेष गरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयको रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले फागुन १४ देखि १६ गते सोमबारसम्म स्वर्ण महोत्सव सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
चाँदीको मूल्य बढ्दा, सुनको स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । त्यस्तै आज सुनको मूल्यमा परिवर्तन देखिएको छैन। चाँदीको मूल्यमा...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...