एसएलसीमा सी ग्रेड भन्दा कम ल्याउनेहरु खरीदारमा अयोग्य
काठमाडौं १९ फागुन। एसएलसी परीक्षामा कम्तिमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीमात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरीदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरीदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।
लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘अब खरीदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’भन्दा माथिको ग्रेड हो ।’
राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नौ वटा ग्रेडमा एसएलसी परीक्षाको नतिजा सार्बजनिक गर्दै आएको छ । एसएलसी परीक्षाको प्राप्ताङ्कका आधारमा विद्यार्थीहरुले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड पाउँछन् । तर, खरीदार पदका लागि शैक्षिक योग्यता के हो भन्ने अन्योल थियो ।
अब भने त्यो अन्योल अन्त्य भएकाले खरीदार पदको विज्ञापन खुलाउने तयारी गरेको लोकसेवा आयोगले जनाएको छ ।आयोगका प्रवक्ता कोइरालाले भने, ‘आगामी बुधबार खरीदार पदको विज्ञापन खोल्छौं । यो ग्रेड सिस्टमको पहिलो परीक्षा हुनेछ जसमा सहभागी हुन एसएलसीमा कम्तिमा सी ग्रेड ल्याएको हुनुपर्छ ।’
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












