एसएलसीमा सी ग्रेड भन्दा कम ल्याउनेहरु खरीदारमा अयोग्य
काठमाडौं १९ फागुन। एसएलसी परीक्षामा कम्तिमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीमात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरीदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरीदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।
लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘अब खरीदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’भन्दा माथिको ग्रेड हो ।’
राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नौ वटा ग्रेडमा एसएलसी परीक्षाको नतिजा सार्बजनिक गर्दै आएको छ । एसएलसी परीक्षाको प्राप्ताङ्कका आधारमा विद्यार्थीहरुले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड पाउँछन् । तर, खरीदार पदका लागि शैक्षिक योग्यता के हो भन्ने अन्योल थियो ।
अब भने त्यो अन्योल अन्त्य भएकाले खरीदार पदको विज्ञापन खुलाउने तयारी गरेको लोकसेवा आयोगले जनाएको छ ।आयोगका प्रवक्ता कोइरालाले भने, ‘आगामी बुधबार खरीदार पदको विज्ञापन खोल्छौं । यो ग्रेड सिस्टमको पहिलो परीक्षा हुनेछ जसमा सहभागी हुन एसएलसीमा कम्तिमा सी ग्रेड ल्याएको हुनुपर्छ ।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












