डडेल्धुरामा नेताहरुको दादागिरी, मापदण्ड विपरीत सडक बनाएर करोडौं झ्वाम
डडेल्धुरा, २२ फागुन । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् ।
डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले वताए ।
उपभोक्ता समितिका पदाधिकारीले आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात सञ्चालनको मापदण्डअनुसार सडक निर्माण नभएका हुन् । जिविसदेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका बढी जसो सडक मापदण्ड अर्थात् ग्रेड नमिलाई निर्माण हुने गरेका छन् ।
प्राविधिकको परामर्शसमेत नलिई आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरिएको छ । अधिकांश ग्रामीण सडकमा ज्यान जोखिममा राखेर यातायात सञ्चालन गर्नु परेको चालकको भनाइ छ ।
राजनीतिक दबाबले आफ्नो पायक पर्ने स्थानमा सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकिरहेका स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाका १८ गाविस र दुई नगरपालिकामा करिब तीन दर्जन ग्रामीण सडक रहेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












