आयोजना सुरु भएको १९ वर्षपछि हुम्लामा ट्रयाक खोलियो
हुम्ला । हिल्सा सदरमुकाम सिमकोटलाई केन्द्रित गरी सडक आयोजना शुरु भएको १९ वर्षपछि हुम्ला सदरमुकाम सिमकोटमा ट्रयाक खोलिएको छ ।
हरित सडक शुरु भएको १९ वर्षपछि आज सिमकोट ट्रयाक ओपनिङ्ग सहित ट्रयाक्टर पुगेपछि सिमकोट सडक सञ्जालमा समाहित भएको छ ।
आ.व. ०५३/०५४ मा शुरु भएको हिल्सा सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पुरा नभएकोले सल्ली खोला सम्म हिल्सा सिमकोट र सल्लीदेखि लिमि लाप्चाको सडक हुँदै आज सिमकोटमा ट्रयाक्टर पुगेको हिल्सा सिमकोट सडक आयोजना प्रमुख बिजयकुमार थापाले बताए ।
ट्रयाक ओपनिङ्ग भएसँगै हुम्ला सडक सञ्जालमा समाहित भएको हुम्लामा नियमित रुपमा गाडी चल्नका लागि एक महिना लाग्ने आयोजना प्रमूख थापाले भने “धेरै लामो समयदेखिको प्रयास सम्पन्न भएको छ । आज ट्रयाक खोल्दै ट्याक्टर र एक्साभेटर सिमकोटमा पुगेपछि अब हुम्ला चिनको सिमानाबाट सडक सञ्जालमा जोडिएको छ ।”
आ.व. ०५३.०५४ मा हरित सडकबाट शुरु भएको बहूप्रतिक्षित ९० किलो मिटरको हिल्सा सिमकोट मोटर बाटो अन्तरगत तुम्कोटको पुल बन्न ढिलाई हुनु र च्या छहरा खण्डको १३ किलो मिटर चट्टान फोड्न समय लाग्ने हुने भएपछि उत्तरी क्षेत्रको ९० किलो मिटर लिमि लाप्चा सडक मार्फत अब सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने भएको हो ।
लिमि–लाप्चा–सिमकोट सडक अन्तरगत कुल ९० किलो मिटर लामो सडक एक्साभेटरको (बे्रकर) र बकेटको सहायताले ट्रयाक खोल्ने काम सकिएसँगै सिमकोटको लाग्नाबाट सामान ल्याएर सदरमुकाम सिमकोट बजारमा पुगेको हो ।
सदरमुकाम सिमकोटसँग जोडिएसँगै दशकौ देखि सडकको महिमा गाएर बसेका माथिल्लो हुम्लाका वासिन्दाको सडक सपना साकार हुन लागेको स्थानियले बताएका छन् । आफू विद्यालयमा पढ्ने अवस्था देखिनैं हिल्साबाट गाडी आउने छ रे भन्ने सुनेका एमाले अध्यक्ष दल रावलले भने “यत्रो वर्षसम्म आज गाडी आउँला भोली गाडी आउँला भनेर दिन गन्दा निराश भएका हुल्लावासीलाई सिमकोटमा ट्रयाक्टर पुगेसँगै निकै आशा पलाएको छ । सिमकोट सडक सँग जोडिएसँगै एक अध्याय पुरा भएपनि राष्ट्रिय राजमार्गसँग जोड्नका लागि जिल्लाका सबै दल एक भएर कर्णाली करीडोरलाई प्राथमिकता दिनु पर्छ ।”
मुचुको तुम्कोटबाट आएको ट्रयाक्टर सिमकोटमा आएको देखेपछि अब आप्mनो गाडी देखेर मर्ने सपना पुरा भएको बताएकी सिमकोट ३ कि छत्तकला रोकायाले गाडी हेर्ने भन्दै धेरै बुढाबुढीको सपना पुरा नभएको बताइन् । आफू बाँचेको निक्कै भाग्यमानी ठानेकी रोकायले थपिन “अब मलाई युवक हुन मन लागेको छ । सिमकोटमा पुगेको गाडी चढेर आवत जावत गर्नका लागि भएपनि मलाई युवक भए हुन्थ्यो भन्ने लागेको छ ।”
रोड नजिकै आयो भन्ने खबर सुन्दा निकै हौसिएकी सिमकोट माथिल्लो गाउँकी सविता रोकायाले आप्mनै घर अघि ट्रयाक्टर पुगेको देखेपनि पत्यार लागेन् । जमना देखि हिल्साबाट सडक आउँछ भन्ने सुनेकी उनलाई दुई दशक पुग्दा समेत नआएपछि अहिले पुगेको छ भनेर पत्याउन निकै मुष्किल भयो । सिमकोटमा ट्रयाक सहित ट्रयाक्टर चल्दा मात्रैपनि दाउरा, ढुङ्गा ओसार पसारमा निकै सहज भएको बताएकी कालीले अब वास्तवमै हुम्लीका दिनपनि फिरेको प्रतिक्रिया दिइन् ।
जिल्लाको मेरुदण्डका रुपमा मानिएको चिनको स्वशाशित क्षेत्र तिब्बतबाटको यो सडक सिमकोटमा जोडिएकोमा निकै उत्साहित भएका नेपाली कंग्रेसका सभापति जयपती रोकायाले छन् । ट्रयाक खोल्ने कामले जिल्लाकै सपना साकार नभएपनि प्रगतीको एक अध्ययय पुरा भएको नेपाली कंग्रेसका सभापती जयपती रोकायाको हुम्लीको सपना साकार नभएपनि उत्तरी क्षेत्रबमट ल्याएको हिल्सा–सिमकोट र लिमि–लाप्चा मोटरबाटो पुगेर एक महत्वपूर्ण काम पुरा भएको बताए । बाटो विना कुनैपनि काम पुरा हुन नसक्ने बताएका रोकायाले जिल्लाको विकासका लागि कर्णाली करीडोर नै पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
उत्तर तर्फबाट सदरमुकाम सिमकोट पुगेको हिल्सा–सिमकोट र लिमि–लाप्चाले उत्तरी क्षेत्रबाट आउने सामाग्रीमा केही सहज हुने बताएका स्थानीय विकास अधिकारी लोकबहादुर सुनारले अव राष्ट्रिय राजमार्गसँग जोड्ने काममा जिल्लाका विकास समितिले दक्षिण पूर्वका बाटा निर्माण कार्यलाई प्राथमिकता दिने बताए ।
हिल्सा सिमकोट र लिमि लाप्चा सडक अन्तरगत ४ वटा खण्डको ठेक्का लिएका सुर्य कण्स्ट्रक्सन प्रालिका प्रोप्राइटर सोनाम लामाले ठेका लिदा आफूले ७२ प्रतिशत कममा ठेका लिंदा आफूलार्य घाटा लागेपनि हुम्लावासीको सडक सपना पुरा भएकोमा आफू निकै सन्तुष्टि भएको बताए । उनले भने “लिमि लाप्चा र हिल्सा सिमकोट अन्तरगतका ४ खण्डको निर्माणका लागि १३ करोड मध्ये ७२ प्रतिशत कम अर्थात ४ करोड ६४ लाखमा ठेक्का स्विकृत गरे ।
त्यसले घरको रकम समेत ल्याएर आप्mनो इज्जत जोगाउनकै लागि पनि निर्माण कार्यालय पुरा गरेको हो ।” ट्रयाक खुलाउने काम पुरा भएको बताएका लामाले अब छिट्टै दोहोरो ट्रयाक खुलाउने काम हुने दावी गरे ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












