उद्योग वाणिज्य महासंघको निर्वाचन : गोल्छा र प्रधान प्यानल सहित मैदानमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वर्ण जयन्ती चैत २८ गते काठमाडौंमा हुने भएको छ । उद्योगी/व्यवसायीको छाता संगठन ५१ वर्ष पूगेको बेला नयाँ नेतृत्व समेत छानिँदैछ।
त्यसैले अहिले महासंघ नेतृत्वका लागि निर्वाचनको माहोल समेत तात्न थालेको छ। स्वर्ण जयन्ती भन्दा ठूलो चर्चा चुनावी रस्साकस्कीकै छ। स्वर्ण महोत्सवदेखि अध्यक्षको उम्मेदवार निर्विरोध चयन भएपनि बरिष्ठ उपाध्यक्षका लागि अध्यक्षकै जस्तो निर्वाचन हुनेछ।महासंघले केही महिना अघि विशेष साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान पारित गरिसकेको छ। त्यसैले अब भवानी राणा निर्विरोध अध्यक्ष बन्नेछिन्।
बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भए पछि उक्त पदमा भने यसपाली ‘हेभिवेट’ प्रतिस्पर्धा हुनेछ। अहिले एशोसिएट तर्फबाट उपाध्यक्ष रहेका शेखर गोल्छा र जिल्ला नगर उद्योग बाणिज्य संघबाट उपाध्यक्ष निर्वाचित किशोर प्रधान बरिष्ठ उपाध्यक्षको ‘रेस’मा छन्।
प्रधानले ‘होम टाउन’ विराटनगरबाट आइतबार आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन्। उनले आफ्नो प्यानलमा जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट म्याग्दीका व्यवसायी प्रमोद श्रेष्ठलाई उपाध्यक्षको उम्मेद्वार बनाएका छन्। उनको प्यानलबाट बस्तुगत र एशोसिएट उपाध्यक्षको भने टुंगो लागेको छैन।
स्रोतका अनुसार वस्तुगत उपाध्यक्षमा शंकर पाण्डे वा अञ्जन श्रेष्ठ मध्ये एक जना प्रधानको प्यानलमा हुनेछन्। यो वाहेक उनको प्यानलबाट एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष र अन्य केन्द्रीय सदस्यको टुङ्गो भएको छैन।
गोल्छाले पनि यही साता प्यानलसहित उम्मेदवारीको घोषणा गर्न लागेका छन्। उनको प्यानलमा जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट अहिलेका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ उठ्ने निश्चित भएको छ। बरिष्ठ उपाध्यक्षको आकांक्षी भएपनि श्रेष्ठले पटक उपाध्यक्षमै निरन्तरता दिन लागेका हुन्।
गोल्छा समूहबाट एशोसिएट उपाध्यक्षका लागि दुर्इ जना आकांक्षी भएपछि मिलाउन कठिन भइरहेको छ। ज्ञानेन्द्रलाल प्रधान र चन्द्रप्रसाद ढकालले उक्त पदमा आकांक्षा देखाएका हुन्। प्रधान र ढकाललार्इ मिलाउन गोल्छासमुहलार्इ हम्मे परिरहेको स्रोतको भनाइ छ।
गोल्छाले प्रधानलार्इ कोषाध्यक्षमा मनाएर ढकाललार्इ एशोसिएटको उपाध्यक्षमा उठाउन चाहेका छन्। एशोसियट मिलाउन सके चुनाब जित्न सजिलो हुने ठम्यार्इमा गोल्छा समुहको छ। यो समूह बस्तुगत उपाध्यक्षमा भने उमेशलाल श्रेष्ठलार्इ उठाउने टुंगोमा पुगेको छ।
महासंघमा तीन खालका सदस्य छन्। एक जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट तर्फबाट महासंघमा प्रतिनिधित्व गर्छन्। देशभर १०४ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ महासंघमा आवद्ध छन्। यो समुहको मत भार ५० प्रतिशत हुन्छ।वस्तुगतमा ९९ वटा सदस्य छन्। उनीहरुको मतभार २० प्रतिशत रहन्छ। वस्तुगत अन्तर्गत नेपाल पश्मिना उद्योग संघ, नेपाल विज्ञापन संघ जस्ता व्यवसाय केन्द्रित संगठन आवद्ध छन्।
एशोसिएटमा भने बिभिन्न उद्योग एवं कम्पनीहरु सदस्य छन्। उनीहरुको संख्या ८५६ र मतभार ३० प्रतिशत रहन्छ।
जिल्लामा राजनैतिक कारणले धेरै भोट बाँडिने गर्छ। प्रधानको प्यानलबाट उपाध्यक्ष उम्मेद्वार बनेका प्रमोद एमाले निकट मानिन्छन्। उनले यसअघि गोल्छा समूहसँग पनि छलफल गरेका थिए। तर, यो समूह दिनेश श्रेष्ठलार्इ उठाउने टुंगोमा पुगेपछि उनी प्रधानतिर गएका हुन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












