‘सत्तरी प्रतिशत व्यापार भारतसँग’
हेटौँडा, २६ फागुन । भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताउनुभएको छ ।
तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उहाँले बताउनुभयो । बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको व्यापार भारतसँग हुने हुँदा आफू त्यस ठाउँमा पुगेकाले त्यसका समस्याको समाधान कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताउनुभयो ।
मासिकरुपमा पाँचहजार ५०० कन्टेनर नेपाल आउने हुँदा यसको व्यवस्थापन गर्न र सजिलै नेपाल भित्रने वातावरण तयार गर्नका लागि आफू तयार रहेको उहाँले बताउनुभयो ।
कोलकाताबाट नेपालसम्म सामान भित्रँदा तिर्नुपर्ने विभिन्न खाले कर, वीरगन्ज ड्राईपोर्टसम्म सामान आउन समस्या, ड्राईपोर्टमा लोडिङ अनलोडिङको समस्या, रेलवेको समस्या, भन्सारको समस्या जस्ता विषयमा उद्योगीले जानकारी गराएका थिए । उहाँले उद्योगीको समस्याको विषयमा आफू गम्भीर रहेको र समाधानतर्फ लाग्ने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा उद्योग संघ, हेटौँडाका अध्यक्ष नवराज अर्याल, उद्योग सङ्घ हेटौँडाका निर्वतमान अध्यक्ष ऋषिराम घिमिरे, सङ्घका कानुनी सल्लाहकार ईश्वरराज ढकाल, समाजसेवी सिद्धिलाल श्रेष्ठलगायत अन्य उद्योगका सञ्चालकले भारतबाट सामान आयात गर्दा भोग्नुपरेका समस्याका बारेमा महावाणिज्यदूत अर्याललाई जानकारी गराएका थिए ।
महिला दिवसमा ¥याली
यसैबीच, ‘महिला सम्मानको आधार, सीपमूलक हात र स्वरोजगार’ भन्ने मूलनाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार हेटौँडामा ¥याली निकालिएको छ ।
एकसय ७ औँ महिला दिवस मूल समारोह समिति मकवानपुर, महिला तथा बालबालिका कार्यालय मकवानपुर, मानव अधिकार संरक्षण तथा मानब बेचबिखन विरुद्धको सञ्जाल, मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको ¥यालीले हेटौँडा बजार परिक्रमा गरेर पुनः जिल्ला विकास समितिको हलमा आएर टुङ्गिएको थियो ।
कार्यक्रममा मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख शोभा शाहलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












