प्रभु, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकलाई क्लियरिङ अनुमति
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ले थप तीन बाणिज्य बैंकलार्इ क्लियरिङ अनुमति दिने भएको छ। नेप्सेको मापदण्ड र मूल्याङ्कन तालिका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘सिडिएससी’ले नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलार्इ क्लियरिङ बैंकका रुपमा छनौट गरेको हो।
क्लियरिङ बैंककालागि प्राप्त आशयपत्रहरुको मूल्यांकन गरी नेप्सेको स्वीकृत मापदण्ड र मूल्यांकन तालिका अनुसार सिडिएससीले यी तीन बैंकलार्इ छनौट गरेको जनाइएको छ।
क्लियरिङ बैंकको रुपमा काम गर्न सानिमा बैंक, बैंक अफ काठमाडौं, नविल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेष्ट बैंक र एनबी बैंकले आशयपत्र पेश गरेका थिए।
प्राप्त आशयपत्रहरुको मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने बैंकहरुलार्इ सिडिएससीको मूल्यांकन समितिले सिफारिस गरेको जनाइएको छ।
तीन बैंक थपिएपछि क्लियरिङ बैंकको संख्या चार पुग्नेछ। अहिले ग्लोबल आईएमइ बैंक एक्लैले क्लियरिङ बैंकको काम गरि रहेको थियो। क्लियरिङ बैंक थपिएपछि राफसाफ थप तिब्र गतिमा हुने अपेक्षा सरोकारवालाले गरेका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












