महिलाको नेतृत्वमा रु दुई करोडको आयोजना
बेनी म्याग्दी), ६ चैत । अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् ।
गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणाअनुसार रु दुई करोड लगानीमा सञ्चालन गरेको राम्चे खानेपानी तथा सरसफाइ उपभोक्ता आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
सरकारले महिला, जनजाति र दलितलाई सामाजिक कार्यमा अगाडि ल्याउन विशेष प्रोत्साहन गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेको भए पनि विकास निर्माणका कार्यमा महिला सहभागिता अत्यन्त न्यून रहने गरेको अवस्थामा म्याग्दीका महिलाले भने त्यति ठूलो आयोजनाको जिम्मा आफूहरुले लिएर साहसिक काममात्रै गरेका छैनन् महिलाले चाहे भने असम्भव भन्ने केही कुरा छैन भन्ने तथ्यलाई पनि पुष्टि गरिदिएका सरोकारवालाहरुले बताएका छन् ।
महिलाको लक्षित वर्गमा छुट्टिने रकमले गाउँमा सानो रकमको सानो कार्यबाहेक अन्य कार्यमा सक्रिय नभएको अवस्थामा नागीमा भने महिलाको नेतृत्वमा राम्चे खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको आयोजनाका अध्यक्ष राममाया पुनले बताउनुभयो ।
जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीको पहलमा रु दुई करोड लगानीको राम्चे खानेपानी तथा सरसफाइ आयोजना राम्चेका महिलाकै नेतृत्वमा सम्पन्न हुन लागेकोे जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
एघारजना महिलामात्र रहेको उक्त उपभोक्ता समितिले नागीमा सो आयोजना सुरु गरेपछि जिल्लाका अरु ठाउँमा पनि महिलाकै नेतृत्वमा उपभोक्ता समिति बन्ने क्रम सुरु भएको छ । उक्त खानेपानी आयोजना सम्पन्न भएपछि नागीका ३३७ जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
गत जेठ १ गतेदेखि निर्माण कार्य सुरु गरिएको उक्त आयोजनाको क्रमागत योजना भएकाले आगामी आवमा उक्त आयोजना सम्पन्न हुने जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, म्याग्दीले जनाएको छ ।
यो वर्ष गाउँदेखि दुई किमी दूरीमा रहेको रातोझाप्रा खोलाको मुहानबाट गाउँसम्म पानी ल्याउने योजना रहेको छ भने आगामी वर्ष गाउँमा १० वटा धारा निर्माण गरी पानी वितरण लाइन निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












