तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियालाई आग्रह गर्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तातोपानी नाका सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई आग्रह गर्ने बताएका छन । विनाशकारी भूकम्पपछि २३ महिनादेखि बन्द रहेको तातोपानी नाका र अरनिको राजमार्गलाई नेपाल चीन सम्बन्धको प्रतिकका रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग छलफल गरी तातोपानी नाकालाई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अगुवाईमा नेपाल हिमालय सिमापार वाणिज्य संघ र सिन्धुपालचोक उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई बुधवार बालुवाटारमा भेटका क्रममा तातोपानी नाका खोल्ने बिषय नेपाल चीन सम्बन्ध र समग्र आर्थिक विकाससँग गहिरो नाता रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
चीन भ्रमणमा जाँदा तातोपानी नाका सञ्चालन र अरनिको राजमार्ग विस्तारलाई एउटा ऐजेण्डा बनाइएको छ। चीनका राष्ट्रपति र अन्य अधिकारीहरुसँग कुरा हुँदा पनि तातोपानी नाका र अरनिको राजमार्गलाई एउटा ऐजेण्डा बनाएर कुरा गर्नेछुु प्रधानमन्त्री प्रचण्डले भने । नेपाल चीन सम्बन्धको प्रतिक अरनिको राजमार्गको ऐतिहासिक महत्व छ । अरनिको राजमार्गबाट नै नेपाल र चीन वीच व्यापार व्यवसाय शुरु भएको हो।यो नाका खुलाउने वारेमा निकै ठूलो राजनीति बहसको बिषय बनेको थियो।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












