तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियालाई आग्रह गर्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तातोपानी नाका सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई आग्रह गर्ने बताएका छन । विनाशकारी भूकम्पपछि २३ महिनादेखि बन्द रहेको तातोपानी नाका र अरनिको राजमार्गलाई नेपाल चीन सम्बन्धको प्रतिकका रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग छलफल गरी तातोपानी नाकालाई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अगुवाईमा नेपाल हिमालय सिमापार वाणिज्य संघ र सिन्धुपालचोक उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई बुधवार बालुवाटारमा भेटका क्रममा तातोपानी नाका खोल्ने बिषय नेपाल चीन सम्बन्ध र समग्र आर्थिक विकाससँग गहिरो नाता रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
चीन भ्रमणमा जाँदा तातोपानी नाका सञ्चालन र अरनिको राजमार्ग विस्तारलाई एउटा ऐजेण्डा बनाइएको छ। चीनका राष्ट्रपति र अन्य अधिकारीहरुसँग कुरा हुँदा पनि तातोपानी नाका र अरनिको राजमार्गलाई एउटा ऐजेण्डा बनाएर कुरा गर्नेछुु प्रधानमन्त्री प्रचण्डले भने । नेपाल चीन सम्बन्धको प्रतिक अरनिको राजमार्गको ऐतिहासिक महत्व छ । अरनिको राजमार्गबाट नै नेपाल र चीन वीच व्यापार व्यवसाय शुरु भएको हो।यो नाका खुलाउने वारेमा निकै ठूलो राजनीति बहसको बिषय बनेको थियो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












