चितवन राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त बासस्थान
चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र उर्बर देखिएको छ ।
सयौं गैँडा चोरी सिकारीले मार्ने, प्राकृतिक कारणले मर्ने, अन्य स्थानमा स्थानान्तरण गर्ने र विदेशीलाई उपहार दिने गरिए पनि यहाँ गैँडाको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
सन् १९८६ यता बर्दिया राष्ट्रिय निकुञ्जमा ८८ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा चार गैँडा स्थानान्तरण गरिसकिएको छ भने चीन, बेलायत, अमेरिका र अष्ट्रेलियालाई गैँडा उपहार दिइसकिएको छ ।
सन् २००० देखि अहिलेसम्म १५८ वटा गैँडा चोरी सिकारीले मारिदिएका छन् । सोही अवधिमा १९८ गैँडा कालगतिले मरेका छन् तर पनि चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६०० गैँडा विद्यमान छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल गैँडाका लागि उत्कृष्ट मिश्रित बासस्थान भएका कारण निकुञ्ज गैँडाका लागि उर्बर भएको बताउनुहुन्छ । बासस्थानको विविधता, शुद्ध पानीको स्रोत, ताल, पोखरी, आहाल र नदीको पानीले तालतलैयामा पानीको सतह घट्न नदिने भएकाले यो ठाउँ गैँडाका लागि उपयुक्त भएको उहाँको भनाइ छ ।
निकुञ्ज घोषणा नहुँदै यस क्षेत्रमा सन् १९५० मा ८०० गैँडा रहेको अनुमान गरिएको थियो । सन् १९६६ मा एक सयको हाराहारीमा र १९७८ मा ३१० गैँडा भएको अनुमान गरिएको थियो । चुरे र चुरेको पानीका स्रोत, खुल्ला घाँसे मैदान, मिश्रित वन, नदी, तटीय वन र त्यसभित्र घाँसे मैदान गैँडाका लागि उपयुक्त वासस्थान हो ।
काँश, सिरु, नर्कट, खरु, दैकमला, न्यूरो जस्ता घाँस गैँडाका लागि अति मनपर्ने र चितवन निकुञ्जमा यस्ता प्रजातिका घाँस प्रशस्त पाइने कँडेलले बताउनुभयो । निकुञ्जको भू–बनोट पनि गैँडाका लागि निकै उपयुक्त छ । नदी तटीय क्षेत्रदेखि चुरे पहाडसम्मको भू–बनोट क्रमशः भिरालो बन्दै गएको छ जसका कारण सबै मौसममा गैँडाले चाहेजस्तो वातावरण र घाँस पाइने कँडेलले बताउनुभयो ।
नदी तटीय क्षेत्रमा पाइने चिम्ट्याइयो, बलौटे चिम्ट्याइलो र लेदो माटो गैँडाका लागि थप उत्कृष्ट मानिन्छ । निकुञ्जको रुख बिरुवा, घाँसे मैदान र नदी तटीय क्षेत्र जाडो र गर्मी दुबै मौसमका लागि उपयुक्त छ । स्नातकोत्तर गर्दै गर्दा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको वासस्थानको बारेमा शोधपत्र समेत तयार पार्नुभएका प्रमुख संरक्षण अधिकृत कँडेल बिहान ७ बजेसम्म गैँडा मिश्रित वन क्षेत्रमा बस्ने, त्यसपछि क्रमशः ११ बजेसम्म खुल्ला घाँसे मैदानमा चर्ने र दिउँसो गर्मी बढ्दै गएपछि रुखमुनिको घाँसे मैदान र नदी तटीय क्षेत्र रोज्ने बताउनुहुन्छ ।
गैँडालाई आहाल खेल्न र शीतलता लिन सहज हुने मिश्रित वन र नदी तटीय क्षेत्र जाडोमा न्यानो र गर्मीमा चिसो हुने हुँदा पनि बढी गर्मी र बढी जाडो हुँदा त्यहीँका रुखको मुना खाएर उनीहरु बाँच्ने गरेको कँडेल बताउनुहुन्छ ।
सामान्यतया गैँडा पाँच वर्षपछि प्रजनन्योग्य हुन्छन् । गर्भधारण गरेको १६ देखि १८ महिनामा बच्चा जन्माउने गर्दछ । पहिलो बच्चा जन्माएको तीन वर्षपछि दोस्रो बच्चाका लागि गर्भधारण गर्ने गर्दछ ।
गैँडाकै विषयमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत डा नरेश सुवेदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा आउने बाढीपछि बन्ने घाँसे मैदान र नदी तटीय क्षेत्र गैँडाका लागि उपयुक्त क्षेत्र रहेको बताउनुहुन्छ ।
भारतको ब्रम्हपुत्र नदीमा आउने बाढीकै कारण जुन ढङ्गबाट काजीरङ्गा राष्ट्रिय निकुञ्जमा गैँडा फस्टाएको छ, त्यही रुपमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा फस्टाएको उहाँको भनाइ छ । नदी तटीय क्षेत्रमा गैँडाले रुचाउने काँश, नर्कट, कुटमिरो जस्ता घाँस, भेल्लर जस्ता फलको पर्याप्तता र स्वच्छ पानी अनि सिमसार क्षेत्रकै कारण चितवन राष्ट्रिय निकुञ्जमा गैँडा फस्टाएको उहाँले बताउनुभयो ।
निकुञ्जका सूचना अधिकारी समेत रहनुभएका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सन् १९८८ मा पहिलो पटक गणना गर्दा ३५८ गैँडा भेटिएका थिए । त्यसपछि क्रमशः १९९८ मा ४४६, सन् २००० मा ५४४, सन् २००५ मा ३७२, २००८ मा ४०८, २०११ मा ५०३ र २०१५ मा ६०५ गैँडा गणना गरिएको थियो ।
त्यसपछि गतवर्ष पाँचवटा गैँडा बर्दिया स्थानान्तरण गरिएको छ । सन् २००० यता कालगतिले १९८ वटा गैँडा मरेका छन् । सन् २००० मा २५, २००१ मा ११, २००२ मा १३, २००३ मा १३, २००४ मा १५, २००५ मा ८, २००६ मा ७, २००७ मा ९, २००८ मा ७, २००९ मा ७, २०१० मा १६, २०११ मा १५, २०१२ मा ९, २०१३ मा १०, २०१४ मा ४, गत आर्थिक वर्षमा १५ एवम् चालु आर्थिक वर्षको अहिलेसम्म १४ वटा गैँडा कालगतिले मरेका छन् ।
त्यस्तै, सन् २००० यता १५८ वटा गैँडालाई चोरी सिकारीले मारेका छन् । सन् २००० मा ९, २००१ मा १५, २००२ मा ३८, २००३ मा २२, २००४ मा १५, २००५ मा १४, २००६ मा १३, २००७ मा २, २००८ मा ७, २००९ मा १०, २०१० मा १०, २०१२ मा १, २०१३ मा १ र २०१४ मा १ गैँडा चोरी सिकारीले मारेका थिए ।
सन् २०१४ यता चोरी सिकारीबाट एउटा गैँडा पनि मारिएको छैन । सन् २००० को आसपासका वर्षमा नेपालमा सशस्त्र द्वन्द्व चर्केर निकुञ्जका सुरक्षा पोस्ट सीमित ठाउँमा हुँदा चोरी सिकारी अत्यधिक बढेको थियो । पछिल्लो समय सुरक्षालाई निकै मजबुत बनाइएका कारण चोरी सिकारी शून्य हुँदै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो । गैँडाको आयु सामान्यतया २५ वर्षदेखि ३५ वर्षसम्म हुने गर्दछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












